कोरोना महामारीकैबिच छठ मनाउन बजारमा मानिसको बाक्लो उपस्थिती, छठ केहो र कसरी मनाउने बिधी

तराइ संचार
तराइ संचार 590 - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

मंसिर – सूर्यको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व सङ्गीतमय बनेको छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेको भने छठ मनाउन आवश्यक सामाग्रीको जोहो गर्न बजारहरुमा मानिसको बाक्लो उपस्थिती रहेको छ ।
चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा नहाई खाय, दोश्रो दिनलाई ू खरना ू भनिन्छ, तेश्रो दिनलाई ूसँझिया अर्घ्यू छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई ूविहनीया अर्घ्यू पारण भनिन्छ ।

अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाउँदै पोखरीको पानी सफा गर्ने गरिन्छ । अरबा गर्न बाराको गाउँ गाउँमा समिति बनाई घाट नदी सरसफाईको काम गर्ने काम भई सकेको छ । बाराको सदरमुकाम कलैया, प्रमुख शहरहरु जीतपुर, सिमरा सिम्रौनगढ, बरियारपुर, निजगढ र कोल्हबी लगायतका बजारहरुमा बाटोघाटो नदीनाला सरसफाई र छठका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्न बजारहरुमा भिड रहेको छ ।
पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए
तेश्रो दिन ूसँझिया घाटूअर्थात् साँझमा व्रतालुहरु खोला, नदी, तलाउ अथवा जलासयका पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको बताईएको छ ।
सूर्यको आराधनाबाट सुख, समृद्धि एवं छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।
केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व काठमाडौं लगायत देशभरका मुख्य शहरमा पनि धुमधामसँग मनाइन्छ । केही दिनदेखि नै जलाशय किनारलाई झकिझकाउ बनाउने क्रम तिब्र छ । । महंगो पर्वका रुपमा रहेको छठ पर्वमा बजार महगिए सगै छठका लागि चाहिने सरसामान समेत कटौती गर्नुपरेको व्रतालुले बताएका छन् ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विक्रम संवत २०४६ पछि काठमाडौंलगायत पहाडमा मनाउन थालिएको हो । काठमाडौंको थापाथली, गौरीघाट, रानीपोखरी लगायत ठाउँमा पनि विशेष महत्वका साथ छठ मनाइन्छ ।
षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । सूर्यको आरधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ ।
छठमाता र सूर्यदेवको पुजा आराधना गरेर मनाईने यो पर्वमा अधिकाश सबै जातजातीले मनाउन थालेका छन् । ।
व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने क्रम चलेको छ ।
मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।
छठ मन्त्रस्
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।

आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

कसरी मनाउने छठ ?
छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ ।

छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलाई श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरु फिजाएर राखिन्छ र पानीमा पसेर एक एक सामाग्रिलाई बाँसको चोयाले बनेको अर्को पारम्परीक सामाग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान पनि सोहि अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सुर्यलाई अर्घ्य चढाइन्छ । छठको ब्रत बस्नेले एक महिना अघिदेखि नै लसुन प्याजका साथै मांसाहारी आनीबानी बन्द गर्नुपर्दछ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्नलाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभावस्वरुप भएको जनउक्ति छ भने द्रौपदीले पनि छठको व्रत लिएको कुरा उल्लेख छ ।

प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वले बिश्वभर आतंिकत बनाइइरहेको कोरोना भाईरस र सबै रोगब्यधी नियन्त्रण होस भी सबैलाई शुभकामना १ छठी माताले सबैको जय गरून् १

शेयर
प्रतिक्रिया
Skip to content