बारा फेरी अर्को हत्या अज्ञात महिलाको शव फेला

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 336 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा १६ कार्तिक
बारामा फेरी अर्को अज्ञात महिलाको हत्या भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – ६ स्थित घुसुकपुर भन्ने ठाँउको खेतबाट पहिचान नखुलेको एक महिलाको शव प्रहरीले बिहीबार फेला पारेको हो ।

मधेसी मुलकी करिब २५ बर्षीय महिलालाई हत्या गरी फालिएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवतmा दधीराम न्यौपानेले बताउनु भएको छ ।

लासको प्रकृति हेर्दा कुर्ता सुरुवालमा रहेकी मृतक महिलाको शरिरमा घाउ चोट देखिएकोले कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विभिन्न कोणबाट अनुसंन्धान थालिएको प्रहरी प्रवतmा न्यौपानेले बताउनु भएको छ ।

घटना शंंकास्पद देखिएकोले तालिक प्राप्त कुकुर समेत घटना स्थलमा लगि अनुसंन्धान थालेको प्रहरले जनाएको छ ।

एक हप्ता अघि जितपुरकै हलखोरियामा एक जनाको हत्या भएको अबस्थामा लास फेला परेका थियो । पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ । असोज ८ गते, ९ गते पचरौता नगरपालिका वडा नम्बर १ र ६ मा दुई जनालाई गोली हानी हत्या भईसकेको छ । दुई दिन अघि कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय बाराको ५ मिटर दुरीमा बालएकता एकता वोडिडका संचालक सर्राफलाई गोली हानी हत्या भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content