सम्भावित दुर्घटनास्थल र शहर छाडेर जंगल पस्दै ट्राफिक विभिन्न नाममा दुःख दिने गरेको ब्यबसायीको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 469 - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया, बाराले भिडभाड शहरी क्षेत्र छाडेर जंगलमा चेकिङ बढाएको छ ।

बिहीबार बाराको निजगढदेखि पथलैयाबिच जंगलमा मात्र तीन स्थानमा ट्राफिक चेकिङ भएको थियो । निजगढ जिल्ला ट्राफिक एक तथा पसाहा र त्यसपछिको पुलमा झण्डै एक किलोमिटरमा गरी दुई चेकिङ थियो । यता अति संम्बेदनशिल ब्यापारिक मार्ग एयरपोर्ट चौक जहाँ दैनिक जसो सडक बत्ती नहुदा दुर्घटना भई धेरैको ज्यान गई सकेको ठाउँमा भने सुनसान ट्राफिक बिहिन छ ।

फोन र ईन्टरनेट समेत नलाग्ने ठाँउ जंगलमै ट्राफिक प्रहरी केन्द्रित

फोन र ईन्टरनेट समेत नलाग्ने ठाँउ जंगलमै ट्राफिक प्रहरी केन्द्रित हुदा मधेश प्रदेशमा बिगतको भन्दा गत आर्थिक बर्षमा करिब ४४ प्रतिशत सडक दुर्घटना बढेको छ ।

राजमार्गमा दुई किलोमिटरमै दुई ट्राफिक चेकिङ

सम्भावित सडक दुर्घटनास्थल छाडेर जंगल क्षेत्रमा चेकिङ बढाएको र राजमार्गमा दुई किलोमिटरमै दुई ट्राफिक चेकिङ बारे चेकिङमा रहेका प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले चाडपर्वमा तिव्र गति र दुर्घटना बढी हुने गरेको कारण चेकिङ बढाएको बताउनु भयो ।

चाडपर्वको समयमा अति सम्बेदनशिल मानिएको दुर्घटनाग्रस्त क्षेत्र छाडेर जंगलमा फोन र ईन्टरनेट समेत नलाग्ने ठाँउमा सवारी साधन चेकिङले आफुहरुसग ट्राफिक प्रहरीले अनियमितरुपमा रकम लिने गरेको एक सवारी चालकले नाम नखोल्न अनुरोध गर्दै बताए ।

जंगलकोबिचमा न फोन लाग्छ कसैलाई खबर गर्न न नेट जति पैसा भन्छन तिरेर हिड्ने गरेको यातायात ब्यबसायीहरले बताएका छन । अहिलेको समयमा जरिवाना पनि अनलाईन र बैकबाट लिनु पर्ने भएपनि बिल प्याडमा राजस्व उठाएको देखाएर अनियमितता हुने गरेको उनीहरुले बताएका छन । अन्त अनलाईन र बैकमा गएर जरिवाना तिर्नु पर्छ । अझै नेट भएको ठाँउ नहुदा नागरिक एपबाट कागजात देखाउन समेत समस्या छ तर यहाँ त ट्राफिकनै फोन र ईन्टरनेट समेत नलाग्ने ठाँउमा बस्छन, बैक जान सम्भबनै छैन , के गर्ने उनले दुःखेसो पोखे ।

 

जंगलमा बसेर गरिने चेकिङमा अनियमितरुपमा ट्राफिक प्रहरीले विभिन्न नाममा दुःख दिदै रकम असुल्ने गरेको

 

जंगलमा बसेर गरिने चेकिङमा अनियमितरुपमा ट्राफिक प्रहरीले विभिन्न नाममा दुःख दिदै रकम असुल्ने गरेको सवारी चालकहरुले बताएका छन ।

तराई यातायात ब्यबसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीले शहर छाडेर राजमार्गको जंगलमा बसेर सवारीलाई दुःख दिन नहुने बताउनु भएको छ ।

पथलैया देखि सिमरासम्मको बत्ति ट्राफिक कार्यालयलाई जिम्मा लगाएको एक महिना बिते पनि अहिलेसम्म सुचारु हुन सकेन

त्यसो त पथलैया बिरगन्ज ब्यापारी मार्गको पथलैया देखि सिमरासम्मको ट्राफिक बत्ति सडक कार्यालयले पथलैया ट्राफिक कार्यालयलाई जिम्मा लगाएको एक महिना बिते पनि अहिलेसम्म सुचारु हुन सकेको छैन । असोज पहिलो हप्ता ट्राफिक सिस्टम चालु गर्न एक तालिम समेत प्राविधिक बोलाएर दिएको र सगै माईन्युट गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयालाई हस्तान्तरण गरेको पथलैया बिरगन्ज ब्यापारी मार्ग पथलैयाका प्रवक्ता संजिव कुमार गुप्ताले बताउनु भएको छ ।

 

सिमरा चौकमा ट्राफिक नबसेका कारण बत्ति कार्वान्वयनमा नआउदा सडक दुर्घटना बढेको  छ

उनले हामीले सडक निर्माण सकेर ट्राफिकलाई जिम्मा लगाएपनि ट्राफिक नबसेका कारण बत्ति कार्वान्वयनमा नआउदा सडक दुर्घटना बढेको बताउनु भएको छ । चार वटा ठेक्काको सामान्य काम मात्र बाँकी रहेको बताउदै ब्यापारिक मार्गमा ९८ प्रतिशत काम सकिएको बताउनु भयो ।

सिमरा चौकमा दैनिक जसो सडक दुर्घटना भएपनि एक ट्राफिक प्रहरी पोस्टमा बस्ने गरेपनि बत्ति र सर्वसाधारणलाई नियम कार्वान्वयन गराउने गरेका छैनन । प्रहरी गफ गरेर बस्ने गर्दा जसले जताबाट र जसरी पनि कुनै नियम पालना सिमरा चौकमा गराउने गरेका छैनन ।

नि.प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण आचार्यले शहर छाडेर जंगलमा चेकिङ बारे आफु जानकारी लिने र सिमरा चौक लगायत ब्यापारिक मार्गको ट्राफिक बत्ती सञ्चालनमा ल्याउन पहल कदमी गर्ने बताउनु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम ट्राफिक प्रहरी उपरिक्षक सन्तोष भट्टराईलाई पटक पटक सम्पर्क गर्दा एक पटक फोन उठाएपनि पछि सम्र्पक गर्छु भनेपनि सम्पर्कमा आउन चाहनु भएन ।

मधेशमा बढ्दो सडक दुर्घटना

मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा मधेस प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७÷७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन । यस्तै आर्थिक वर्ष ०७८÷७९ मा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन ।

यो संख्या आर्थिक वर्ष ०७७÷७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा ११.८५ प्रतिशतले बढी आएको हो ।

कानुन कार्यन्वयन गराउने ट्राफिक प्रहरी जिम्मेवार नहुदा र फितलो भएका  कारण  दुर्घटना वृद्धि

कानुन कार्यन्वयन गराउने ट्राफिक प्रहरी जिम्मेवार र फितलो भएका कारण सर्वसाधारणले मनपरी गर्ने प्रवृत्ति बढ्दै गएको एकातिर छ भने दुर्घटनाको संख्यामा वृद्धि हुदै आएको छ । मधेश प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाउन बाध्य भएपनि यस तर्फ ट्राफिक प्रहरीले कार्यशैली परिवर्तन गर्न सकेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content