कांग्रेस र एमालेले उद्योग धन्दा बेचेर खाएका छन् – जसपा अध्यक्ष यादव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 609 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय
बारा । गत बैशाखमा भएको उपनिर्वाचनमा  बारा निर्वाचन क्षेत्र नं २ मा नेपाली काग्रेसको सहयोगमा जितेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा एमालेले देशभरका उद्योग धन्दा बेचेर खाएको आरोप लगाएका छन् ।
बाराको तेलकुवामा आयोजित शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, बिराटनगर जुट मिल, हेटौडा कपडा कारखाना, बाँसवारी जुत्ता, हटौडा सिमेन्ट कारखाना नेपाली कांग्रेस र एमालेले बेचेर खाएको आरोप लगाएका हुन् ।
‘भारत, रसिया र चिन सरकारको सहयोगमा नेपालमा स्थापित भएका सबै कारखाना ३४ वर्षमा बन्द भए, यसको जिम्मेवारी देशमा ३४ वर्षदेखि शासन गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्छ’ जसपा अध्यक्ष यादवले बताए । ‘आज शिक्षा क्षेत्र ध्वस्त भयो, कृषि ध्वस्त भयो, उद्योग धन्दा कारखाना ध्वस्त भयो गरिवी र बेरोजगारी बढ्दै गयो, यो सबै नेपाली कांग्रेस र एमालेको कारण भएको हो अध्यक्ष यादबले बताए ’
नेपाली कांग्रेस र एमाले प्रति एकोहोरो खनिएका अध्यक्ष यादबले यादबले जथाभावी चुरे उत्खनन् गरे आफुहरु चुप लागेर नबस्ने बताउनु भएको छ । जथाभावी उत्खननको प्रत्यक्ष असर मधेश प्रदेशमा परेको उहाँले बताउनु भएको छ ।
‘मैले संसद र सरकारलाई चेतावनी दिएको छु चुरे क्षेत्रमा छेडखानी गरेर मधेश मरुभुमी बनाउने कुनै  निर्णय भए  मधेशका जनताले कसैलाई छोड्नेवाला छैनन्’ उनले बताए ।
संघीय सांसद यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशत मात्रै बजेट विनियोजन गरेर भेदभाव गरेको बताउनु भयो । ‘सरकार त त्यही कांग्रेस, कम्युनिष्टको हातमा छ, ५३ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशलाई १२ प्रतिशत बजेटले यहाँका विकास हुन कति वर्ष लाग्ला ? जबसम्म जनता समाजवादी पार्टीको हातमा सत्ता र शक्ती आउदैन तवसम्म विकास गर्न धेरै कठिन छ’ उनले बताए ।
संघीयता र समावेशी गणतन्त्र माथि खतरा रहेको बताउदै खारेज गर्न एउटा पक्ष लागिरहेको छ ।  यादवले  संघीयता र समावेशी खारेज भए लोकतन्त्र पनि जाने र शाही व्यवस्था लागु हुने सक्ने बताएका छन् । ‘संघीयता कार्यन्वयन गर्नको लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक श्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाओस्’ अध्यक्ष यादवले भने ‘हामीलाई अधिकार चाहियो, सुशासन चाहियो, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन्, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तवमात्र अधिकार सुरक्षित हुन्छ’ जसपा अध्यक्ष यादवलको भनाई छ ।
जसपा क्षेत्र नं. २ का अध्यक्ष रामबाबु यादबको अध्यक्षतामा कोतवालीमा भएको कार्यक्रममा मुख्यमन्त्री सरोज यादब, मधेश प्रदेश अध्यक्ष रामबाबु यादब, प्रदेश सासद बच्चा यादब लगायतले शुभकामना ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content