कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादबले तत्काल बैठक राखेर सिहदरबारको अगाडि दिपवाली छठको बिचमै धर्ना दिने बताउनु भएको छ । संघियताको कार्वान्वयन नभएसम्म सिहदरबार घेराउ नछाड्ने बताउदै मुख्यमन्त्री यादबले मेरो आन्दोलनमासाथ दिन र जिल्ला जिल्लामा आन्दोलन गर्न मुख्यमन्त्री यादबले बताउनु भएको छ ।
शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको तेलकुवामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले ससो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री यादबले जग्गा ब्यबस्थापन गर्न नसकेर बारामा मेडिकल , ईन्जिनियरिङ र भेटनरी कलेज शुरु गर्न नसकेको बताए । प्रदेश माताहातमा जग्गा भएपनि ऐन कानुन नभएका कारण जग्गा प्रदेशमा आउन नसक्दा बिकासको काम गर्न समस्या भएको उहाँले बताउनु भयो ।
स्थानीयले २–४ किलो घरायसी समान ल्याउदा राजस्व चुहावट भन्दै पक्राउ गर्ने प्रहरीले दिनमै हत्या भई रहेको छ । एक महिनामा तीन हत्या भईसक्यो । बारामा पटक पटक हत्याको श्रृङखला भईरहेको छ कसले जिम्मा लिने? कहिले गर्ने प्रहरी र कर्मचारी समायोजन ? मुख्यमन्त्री यादबले बताउनु भयो ।
एक पालिकाको प्रमुख सरुवा गर्न प्रधानमन्त्रीलाई भन्दा समेत काम नभएको बताउदै संघीय सरकारको मन्त्रीहरुले प्रधानमन्त्रीको कुरा अटेर गरेको बताउनु भयो ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेले पटक पटक सरकारको नेतृत्व गर्दै देशभरका उद्योग धन्दा बेचेर खाएको आरोप लगाउनु भएको छ ।
साझा सस्था, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना लगायतका उद्योग नेपाली कांग्रेस र एमालेले बेचेर खाएको आरोप लगाएका हुन् ।