पराजयको कारण आफनै पार्टीका अध्यक्ष सिके राउत हुन – शिबचन्द्र कुश्वाहा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 410 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

शिवचन्द्र कुश्वाहा बारामा नयाँ नाम होईन । कुश्वाहालाई नचिन्ने पनि कमै छन । लामो समय नेकपा माओवादी केन्द्रमा योगदान गरी जिल्ला अध्यक्ष समेत भएका कुश्वाहा केही समय नयाँ शक्ती पार्टीमा प्रबेश गरेका उनी हरेक संसदीय निर्वाचनमा उम्मेदबार बनेपनि केही मतले पराजित हुदै आएका छन ।

कुश्वाहाकै शब्दमा शुरुमा उनी नेकपा एमाले थिए । लामो समय माओवादी पार्टीमा योगदान पुराएका उनी २०६४ सालमा माओवादीबाटै संबिधान सभाको निर्वाचनमा बिजयी हुन सफल भए । २०७० मा टिकट नपाएपछि सद्धभावना पार्टीबाट निर्वाचन लडेपनि पराजित भए । २०७४ पुनः माओवादी फर्केर निर्वाचन लडेपनि पराजित भए ।

२०७९ सालमा माओवादीबाटै निर्वाचन लडेपनि पराजित बनेका उनी २०८० को उपनिर्वाचनमा जनमत पार्टी बाट उम्मेदवार बनेपनि पराजित बन्न पुगे ।

पराजयको कारण आफनै पार्टीका अध्यक्ष सिके राउत भएको र यसको समिक्षा केन्द्रिय समितिमा हुनुपर्छ भनेपछि पार्टीबाटै कार्वाहीमा परेका कुश्वाहा अहिले नेकपा एमाले प्रबेश गरेका छन ।

सिमरामा चिया पसलमा भेटिएका कुश्वाहासग भएको समसामयिक कुराकानी यस प्रकार छ ।

 

 

शेयर
प्रतिक्रिया
Skip to content