बाराको कोल्हबीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 264 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जितेन्द्र प्रसाद
कोल्हबी । हिन्दुहरुको महान चाड छठ पर्वको पावन अवसरमा कोल्हबी न पा वाड न ३ को वडा कार्यालय जुअवाको बिशेष सहयोग र गोपाल प्रगतिशील क्लब जुववा र समृद्ध नेपाल क्लब जुअवाको संयुक्त आयोजकमा शुक्रबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई कार्यक्रममा कोल्हबी न पा वाड न ३ का वडा अध्यक्ष किशुन दयाल चौधरीको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रमममा वडा सदस्य रामदयाल चौधरी, गोपाल प्रगतिशील क्लबका अध्यक्ष जयमंगल चौधरी, सचिव सुगेन्द्र चौधरी, सह सचिव मुनिकांत चौधरी, समृद्ध नेपाल क्लबका अध्यक्ष नागमनी चौधरी, उपाध्यक्ष संजय चौधरी, सचिव कर्णविर चौधरी, सह सचिव रामानन्द राम,कोषाध्यक्ष सुशीला कुमारी चौधरी, सदस्यहरु दिलमनी चौधरी, सुनीला चौधरी ,संगीता कुमारी चौधरी, बरिष्ट सल्लाहकार प्रेमनारायण चौधरी लगाएतको उपस्तिथि रहेको थियो ।

सरसफाई कार्यक्रममा क्लबका पदाधिकारीहरुले झारू ,बेल्चा, बकेट लिएर जुअवा ,जटहा, घुसुकपुर र सेरा टोलको सडक किनारमा रहेको फोहर बस्तु ट्रेक्टरमा लोड गरी व्यस्थापन गरेको हो । सम्बन्धित घर धनिहरुलाई बाटोमा फोहर नराख्न आग्रह गर्दै फोहरबाट हुने बेफाइदाको बारेमा जानकारी गराएका थिए ।

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content