ट्राफिक र उपमहानगरपालिकाले ट्रकहरुबाट अनियमित रकम उठाउने गरेको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
  बारा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन  ट्रक चालक समितिका अध्यक्ष नबराज कार्कीले ट्राफिक प्रहरी र स्थानीय जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि गएर दुवैले ट्रकहरुबाट अनियमित रकम उठाउने गरेको आरोप लगाएका छन ।
ट्राफिक प्रहरीकै अगाडि प्रहरीले जथाभावी चेचिङका नाममा अनियमित रकम उठाएर दुःख दिने गरेको उनीहरुले बताएका हुन । त्यस्तै उनीहरुले स्थानीय जितपुरसिमरा उपमहानगरपालिकाले कवाडी करको नाममा जथाभावी अनियमित रकम उठाउदै आएको बताउदै उपमहानगर परिक्रमा गर्दै नारा जुलुश गरेका हुन । उनीहरुले रौतहटमा चालक कुटपिट भएको बताउदै निर्दोष चालको रिहाई नभए मंसिर ७ पछि कुनै पनि सवारी चल्न नदिने अध्यक्ष काकीले बताए ।
बिरोधको कार्यक्रम बारे प्रशासनमा ज्ञापन पत्र बुभाएपनि ध्यानाकर्षण नभएको माग सम्बोधन नभएको उनीहरुले बताएका छन । अनियमित कर, चालक कुटपिटको बिरोध गर्दै बाराको जीतपुरसिमरामा बिरोध जुलुश तथा सभा सम्पन्न गरेको समितिले पथलैया सिमरा, जितपुर हुदै पुनः पथलैयामा आएर सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा अध्यक्ष कार्कीले नगरले पार्किङ नबनाएकोले बाटोमै पार्किङ गर्न आफुहरु बाध्य भएको समेत बताएका थिए । भारतीय गाडी बन्द गर, ट्राफिक ज्यादती बन्द गर, पार्किङ स्थल निर्माण गर जस्ता नारा उनीहरुले लगाएका थिए ।
जुलुश पछि पथलैयामा सम्पन्न सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब केशब थापाले गृह मन्त्रालय लगायत सबैमा ज्ञापनपत्र दिएपनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content