बारामा मध्यरात झडप, आठ राउन्ड हवाई फायर, दुई घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 233 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
बारा । बाराको पचरौतामा मेला लगाउने विषयमा मध्यरातमा दुई पक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ भने दुई जना घाईते भएका छन ।
नगरपालिकाको वडा नं. ७ बेनौली चौकमा झन्डा मेला लगाउने विषयमा गएराति बसेको बैठकमा दुई पक्षबीच विवाद सुरु भई ढुँगा हाना हान हुन थालेपछि प्रहरीले अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको हो ।  घाईते हुनेहरुमा स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल रहेका छन । उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । अवस्था सामान्य बनाउन आठ राउण्ड हवाई फायर गरिएको बाराका  प्रहरी प्रवक्ता एवम नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । 

नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्ष नमानेपछि झडप भएको थियो । घटनास्थल भारतीय सिमा नजिक रहेको छ । मेला लगाउन सयौंको संख्यामा उपस्थित भएका स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको हो ।
शेयर
प्रतिक्रिया
Skip to content