मन्दिरको विकासमा कसैले सहयोग छैन। – वडाअध्यक्ष सुर्य घलान
बारा । धार्मिक महत्व र रमणीय पर्यटकिय गन्तब्य भएपनि स्थानीय, प्रदेश र संघ सरकारबाट शक्तिश्वर महादेव मन्दिर रतनपुरीको विकासमा कसैले सहयोग नगरेका कारण ओझेलमा परेको सो वडाका वडाअध्यक्ष सुर्य घलानले बताएका छन ।
भगवान शिवले सतिदेवीको मृत शरिर बोकेर हिंडेको बेलामा सतिदेवीको मुखको बङ्गरा पतन भएको नामबाट परिचित यस मन्दिरमा दर्शनार्थि र भक्तजनहरुको अपार विश्वास देखिएपनि राज्यको सो क्षेत्रमा लगानी नहुदा सो पर्यटकिय क्षेत्र ओझेलमा परेको उनले बताए ।
सच्चा मनले गरेको पुजा शिद्ध भई मनोकामना पुरा हुने जनबिश्वास रहदै आएको यस मन्दिरमा केही समय यता भक्तजनहरु बाक्लो मात्रामा आउने गरेका छन । श्रीस्वस्तानी ब्रत कथामा समेत उल्लेख भएको यस शक्तिश्वर महादेव मन्दिरको बिशेषता र चारैतिर पहाड वन जङगल, खोलानाला र झर्नाले मनोमोहक रहेको यस क्षेत्रको प्रचारप्रसार र राज्यले सहयोग नगरेका कारण ओझेलमा परेको निजगढ नगरपालिका–१३ का वडाअध्यक्ष घलानले बताएका हुन ।
नेपाल लगायत भारत विभिन्न ठाँउमा जुन ठाउँमा सतिअंग पतन भए त्यस ठाउँमा एक एक वटा देवी, योगीनी र महादेव उत्पन्न भएर शिवशक्ती स्वरूपले रहेको जनविश्वासका साथ ती क्षेत्रको विकास हुदै आएको भएपनि रतनपुरीमा भने अहिलेपनि जस्ताको तस्तै रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि शक्तिश्वर महादेव मन्दिर क्षेत्रमा विहीबार हरिबोधिनी एकादशी मेलाको रौनक देखिएको छ । मधेस प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय हुँदै गएको यो क्षेत्रमा परापूर्वकालदेखि हरिबोधिनी एकादशी मेला लाग्ने गरेको छ । मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल र मनोरञ्जनात्मक स्टलहरु राखिएका थिए । मेलामा बारा, मकवानपुर, पर्सा जिल्लाका विभिन्न गाउँबाट करिब १० हजार संख्यामा श्रद्धालु भक्तजनहरु मेल भर्न आएको वडा अध्यक्ष सुर्य घलानले बताए ।
उनले शक्ति क्षेत्र प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि भौतिक संरचना कुनै निर्माण गर्न नसकिएकोले भर्खरै डिपीआर निर्माणको काम वडाको पहलमा भईरहेको बताए । नगरको नेतृत्वले ध्यान नदिदा वडाले मात्र चाहेर धेरै काम गर्न नसकिएको बताउँदै पहिलो कार्यकालमा मन्दिरको संरचना, खानेपानी, शौचालय लगायतका केही काम भने सुरुवात गरिएको उनले बताए ।