वादी र तन्त्र भन्दा पहिले अर्थतन्त्र बलियो पार्नु पर्छ –सभापति रवि लामिछाने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 706 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पुर्व गृहमन्त्री रवि लामिछानेले अहिले ब्यबस्था ल्याउने र फाल्ने भन्दा भ्रष्टचार निर्मुल पारेर देशको अर्थतन्त्र बलियो पार्न लाग्नु पर्ने बताउनु भएको छ । यो वादी र तन्त्र भन्दा पहिले अर्थतन्त्र बलियो पार्नु पर्छ उनले बताए ।

बाराको निजगढमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै शुक्रबार सभापति लामिछानेले सो कुरा बताउनु भएको हो ।  एक जना मान्छेको आन्दोलनले तर्सनु पर्ने अबस्था कसरी आयो भन्दै उनले ठुला दलहरु ब्यबस्था र परिवर्तन जोगाउन भन्दा आफना मान्छेलाई जेल जानबाट बचाउनतिर लागेको आरोप लगाए ।
लोकतन्त्रमा सभा जुलुश गर्न पाईने भएपनि सरकार डराएर आन्दोलन दवाउन धरपकड गरेको देखेर आफु लज्जित भएको उनले बताए ।  दुर्गा प्रसाईको प्रशंंसक र समर्थक आफु हैन तर पिडित जनताको पक्षमा भने आफु रहेको उनले बताए । लोकतन्त्रमा सभा जुलुश गर्न पाउने भएपनि कहिले सामाजिक सञ्जाल बन्द गर्ने, कहिले यता गर कहिले उता गर त कहिले जुलुश गर्दा धरपकड लोकतन्त्रमा नहुने उनले बताए लोकतन्त्रमा सबै ब्यबस्था माग्न पाईन्छ बिरोध पनि गर्न पाईन्छ तर आफुले सरकारमा बसेर गर्ने काम सही हुनु पर्ने उनले बताए ।
राज्यलाई भार हुने गरी आफुहरु मध्यावधी निर्वाचनको पक्षमा नभएपनि ठुला दलहरुकै कारण बिचैमा मध्यावधि निर्वाचनमा पो जाने हो की भन्ने चिन्ता थपिएको उनले बताए ।
रास्वपा निजगढ नगर सभापति रामहरी खरेलको अध्यक्षतामा सम्पन्न जनसभामा उपसभापति डोल प्रसाद अर्याल, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह , सासदहरु मनिष झा, अशोक चौधरी लगायतले सम्बोधन गरेका थिए ।  मधेश अभियानमा आएका लामिछाने बारा पर्सा एक दिन तिन सभालाई सम्बाधन गरेका हुन ।
शेयर
प्रतिक्रिया
Skip to content