सिम्रौनगढ । ३९ दिन देखि तलब माग्दै आन्दोलनरत शिक्षक मृत अवस्थामा फेला परेका छन । उनी लगायत सम्पुर्ण शिक्षकहरु ३९ औं दिनदेखि तलब माग गर्दै धर्ना गर्दै आएका थिए ।
एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला पर्नुले घटना रहस्यमय बनेको छ ।
एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला पर्नुले घटना रहस्यमय बनेको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवतmा दधीराम न्यौपानेले बताउनु भएको छ । अत्यधिक मादक पदार्थ सेवन गरी मृत अबस्थामा फेला परेका उनको हत्या हो होईन छानविन भईरहेको उनले बताउनु भएको छ ।
शुक्रवार साझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी उनी मृत अवस्थामा फेला परेका हुन । उनको शव परिक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिधालयमा हाजिर भई कामकाज गर्दै आएका थिए । । सिम्रौनगढ नगरपालिकामा अहिले सम्म नगर परिषद गर्न सकेको छैन । नगरपरिषद हुन नसक्दा शिक्षकहरुले बिगत ४ महिना देखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहदै आएको स्थानियहरुको भनाई छ ।
स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन । छठ बिती सक्दापनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको भने शिक्षक कर्मचारी ३९ दिन देखि दैनिक धर्ना दिदै आएका छन । नगरपरिषदको विवाद र कार्यालयमा तालाबन्दीका साथै कार्यालय प्रमुख नभएपछि कर्मचारीको तलब खुवाउन चार महिनादेखि रोकिएको छ । नगरप्रमुख बेवास्था गर्दै आएका कारण तलब नपाएकोले नगर शिक्षक संघ र करार अस्थायी ज्यालादारी कर्मचारी संघ सिम्रौनगढको संयुक्त आयोजनामा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको छ ।
शिक्षक तथा कर्मचारीहरुको तलब भता भुक्तानी र करार अस्थायी ज्यालादारी कर्मचारीहरुको नितिगत म्याद थप र उचित व्यवस्थापनको समेत माँग राखी धर्ना कार्यक्रम गर्दै आएको सिम्रौनगढ करार तथा ज्यालादारी कर्मचारीसंघका अध्यक्ष नितेश यादवले जनाए । तलब र नगर सभाको बिषयलाइ लिएर गरिएको ताला बन्दी धर्नाको कारण नगर पालिका बाट हुने सम्पुर्ण सेवाहरु प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बितिकै कर्मचारीहरुको तलब पठाउने देखि आन्दोलनरतm पक्षसंग वार्ता र संवाद गरी निकास निकाल्न तथा सेवाहरु सुचारु गराउने तिर पहल गर्ने नगर प्रमुख किशोरी प्रसाद कलवारले बताउनु भएको छ ।