सिमरा । देशमा तानाशाही राणा शासनको अन्त्य गर्न अग्रणी भुमिका खेलेका जीउँदो सहिद, स्वतंत्रता सेनानी अनुप सहनीको १०३ बर्षको उमेरमा निधन भएको छ । झरोखर काण्डका नाईके नेपाली कांग्रेसका नेता स्वतंत्रता सेनानी सहनीको हिजो शुक्रबार ४ः ३० बजे निधन भई आज १०ः३० बजे दाहँ सस्कार सम्पन्न भएको छ । २००७ सालमा राणशासनका बिरुद्ध आन्दोलनमा होमिएका सहनी झरोखर पोखरीमा डुबेर सेनाबाट बाचेका थिए । उनीसगै अन्य आन्दोलनकारी सबैको रितु मर्देन क्याप्टेन सेनाले हत्या गरेको थियो । २००६ सालदेखि निरन्तर नेपाली काग्रेसमा क्रियाशिल सहनीको पत्नी सुनरी देवी समेत आन्दोलनमा सहभागी भएकी स्वतन्त्र सेनानी भई मृत्यु भई सकेको छ । देश र पार्टीमा निष्टावान कार्यकर्ता रहेका सहनीको निधनले मर्माहत बनाएर नेपाली कांग्रेसको संगठनमा ठुलो क्षति पुगेको नेपाली काग्रेसका नेता केन्द्रीय सदस्य एवम पुर्व मन्त्री फरमुला मंसुरले बताउनु भएको छ । उहाँको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्द्छु केन्द्रिय सदस्य मन्सुरले सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ९ बसबरिया निबासी सहनी १५ दिन देखि सिकिस्त बिरामी हुदै बेडमै परेका थिए । बसबरिया नजिक अडुवा खोलामा सम्पन्न दाहासस्कार कार्यक्रममा नेपाली काग्रेसका १ क्षेत्रका क्षेत्रिय सभापति एवम सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादबले पार्टीको झण्डा ओडाई सम्मान ब्यप्त गरेका थिए । दाहासस्कारमा स्वतन्त्र सेनानी संघ बाराका अध्यक्ष किसोर नेपाल, निजगढ नगरपालिकाका नगर सभापति महेशी कुंवर लगायत नेपाली काग्रेसका नेता कार्यकर्ता पुगेका छन् ।
राणाशासन अन्त्य गरी प्रजातन्त्र ल्याउने जीउँदो सहिद, स्वतंत्रता सेनानी अनुप सहनीको १०३ बर्षको उमेरमा निधन
प्रतिक्रिया
प्रतिक्रिया