बारामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 344 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा÷ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराकासाथ बारामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियानको आज पहिलो दिन हिंसा नगर्ने प्रतिबद्धता सहितको हस्ताक्षर संकलन र सेतो रिवल लगाएर कार्यक्रम शुरु गरिएको छ ।

जिल्लाको हरेक स्थानीय तहमा झै बाराको निजगढ नगरपालिकामा पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नं. १ का वडा अध्यक्ष मंगल लोप्चन लगायतले घरबाटै हिंसा अन्त्यको शुरु गर्नुपर्ने बताउनु भएको थियो ।

नगर प्रमुख पुरीको अध्यक्षतामा भएको कार्यक्रम शाखा प्रमुख रोजी श्रेष्ठले सञ्चालन र कार्यपालिका सदस्य मैया कुमारी सुनार अरुणाले स्वागत मन्तब्य ब्यप्त गरेको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका पुलामी मगर, निजगढ महिला विकास संस्था, दलित महिला केन्द्र नेपाल शान्ति पासवान, महिला विकास केन्द्रको अन्जु नेपाली, निजगढ महिला समुह प्रेमकुमारी पुलामी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिकर्मी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले ब्यानरमा हस्ताक्षर गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति प्रतिवद्धता जनाएका थिए ।

उनीहरुले हिंसाको व्यवहारिक रुपमै अन्त्य गर्न आवश्यक रहेकाले त्यसविरुद्धको १६ दिने अभियानसँगै हिंसाका कारण र समाधान खोज्नु पर्नेमा जोड दिएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content