बाराका ३० जना काठमाडौंको गौशालामा भएको झडपमा घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 186 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलनमा सहभागी भएका बाराका जना घाईते भएका छन ।

काठमाडौंको गौशालामा भएको झडपमा ३८ जना आन्दोलनकारी घाइते भएका मध्ये अधिकाश बाराका घाईते भएका हुन । सोही क्रममा गेरुवस्त्रमा त्रिशूल सहित दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी भएपछि धर्मगुरु श्रीनिवासलाई प्रहरीले प्रहरी वृत्त जनसेवामा राखेको छ । धर्मगुरु भनिएका आचार्यलाई साढे ४ बजे पक्रेर त्यहाँ पुर्याइएको हो ।

बाराका ४० वर्षे रुपेश दास, बाराकै ३० वर्षीया आशादेवी सहनी, बाराकी ४० वर्षीया सीतादेवी मलानी, बाराकी ५० वर्षीया सीता कानु, बाराकी ६० वर्षीया कुन्तीदेवी तुराही, बाराकै ५५ वर्षे वकिल हवारी, बाराका ५४ वर्षे लालदेव पण्डित, बाराकै ३५ वर्षकी अञ्जु गिरी, ५० वर्षकी मनि देवी घाइते भएको बताइएको छ ।

त्यसैगरी बाराकी ३० वर्षे कलशा देवी, ३० वर्षीया चन्दादेवी, २५ वर्षकी रिनादेवी, बाराका ४६ वर्षे सब्रु नेसार, ३० वर्षीया सजना खातुन, ५० वर्षे बासमती महतो, ५० वर्षकी ललिता देवी, ४५ वर्षीया जानुका देवी, ३५ वर्षे रितादेवी गिरी, ४५ वर्षकी बचन्ती चौधरी र बाराकै ५० वर्षका इन्दरिया चौधरी हुन् ।

त्यस्तै अन्य घाईतेमा ४५ वर्षे देवलाराम, ३५ वर्षीया रितादेवी मण्डल, ३६ वर्षकी महिमा खातुन, २५ वर्षीया भागरथी सहनी, ३० वर्षकी तेत्रादेवी सहनी, ३० वर्षकै नगिनादेवी, ४५ वर्षीया लालमती पासवान, ४३ वर्षीया रामकुमार ठाकुर र ५० वर्षकी जसैया देवी घाइतेको उपचार गरिएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content