निजगढमा मंसिर १५ गते देखि १७ गते सम्म बहु सास्कृतिक गुम्बा मेला २०८० हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 477 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । पाल्देन दोयाङ गुम्बा मेला समिती पुर्वटोल ५ निजगढको आयोजनामा यहि मंसिर १५ गते देखि १७ गते सम्म बहु सास्कृतिक गुम्बा मेला २०८० हुने भएको छ । राष्ट्रिय स्तरका कलाकरहरुको सास्कृतिक प्रस्तुती सहित आफ्नो स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि अवलोकनकर्तालाई स्थानिय उत्पादित बस्तुहरुको ब्यापारमा पनि विशेष छुटमा सामानहरु पाइने भएकाले यस मेलाको निकै महत्व रहेको आयोजकले जनाएको छ ।

मेलाले दर्शकको माग अनुसार चर्चित कलाकारहरु शिव परियार, कल्याण आले, बद्री राउत, नवराज राउत, प्रमिला आले, एलिसा डान्स ग्रुपले मनोरंजन प्रदान गर्ने आयोजकले जनाएको छ । सस्तोमा सामान, स्थानियका हातहरुले बनेका स्वादिला परिकार र नाच्दै गाउँदै विभिन्न खेलहरुको मनोरञ्जन लिन पाइने मेलाको आकर्षण बढाइ दिएको छ ।

 

मेलाले आर्थिक मात्र नभई एउटा मौलिक पहिचान पनि स्थापित गर्ने छ । मेलाले पुर्वटोल निजगढको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने बारा उद्योग वाणिज्य संघका सचिव, समाजसेवी तथा मेला मुल आयोजक समितिका अध्यक्ष बिजय तिमिल्सेनाको भनाई छ ।

 

मेलामा धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला, लघु उद्यमका उत्पादनका सामाग्री तथा विभिन्न सास्कृतिक प्रस्तुतिको स्वादमा अनेकन खेलको मनोरन्जन बोकेका स्टलहरुले मेला निकै नै लाभदायक बन्नेछ ।

 

आकर्षणत मनोरन्जनात्मक गायन कलाले उपस्थित भीडलाई भरपुर मनोरञ्जन दिनेछ भने बालबालिकाहरुको लागि पनि छुट्टै बाल खेल सामग्री, रोटे पिङ्ग, खोडकोडे, तिर लगायत खेलहरु रहने आयोजकले जनाएको छ ।

बहु सास्कृतिक मेला अवलोकन गरि आन्तरिक तथा बाह्य पर्यटन र धार्मिक सास्कृतिक पर्यटनलाइ अगाडि बढाउन सहयोग गर्ने बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content