कलैया । कॉटवासी माईको पञ्चवर्षिय मेला सफल बनाउन पालिकाको अग्रसरतामा मेला समिती तयारीमा जुटेको छ । मांसर २७ गते देखि हुने कलश यात्रासंगै मेला औपचारिकरुपमा शुरु हुने भएको छ। पुस ३ गते बलि चढ़ाईने मेला मुल समितिका अध्यक्ष एवम् महागढिमाई नगरपालिका ७ का बडाअध्यक्ष शिवेन्द्र प्रताप सिंहले जानकारी गराएका छन। मेलाको सम्पुर्ण तयारीमा हामि लागेका छौ, अध्यक्ष सिंहले बताएका छन्।
मेला सुव्यवस्थित र शान्तिपूर्ण तवरले सफल गराउन कुनै कसर बाँकि नराख्ने र सरोकारवाला सबैको आ आफ्नो स्थानबाट साथ सहयोग उतिकै महत्वपुर्ण रहेको उनले बताए छोटो समयमा पनि संचार माध्यमले मेलाको महत्वबारे प्रचार प्रसार गरिदिन आग्रह गरेका छन। गढीमाई देवीको जेठी दिदि काँटबासी माईको महत्व रहेको जनविश्वास छ। मेला व्यवस्थित गर्न पञ्चवर्षिय पुजा एवं मेला मुल समितिमा शिवेन्द्र प्रताप सिंह अध्यक्ष, उपाध्यक्ष द्वयमा जगर नाथ पांडत र राजदेव प्रसाद यादव रहेका छन् भन्ने कोषाध्यक्षमा राजपति देवि, सचिवमा संजय प्रसाद यादव, सह सचिवमा किसुनदेव प्रसाद यादव पदाधिकारी गरि ६५ सदसिय समिति बनाइएको स्थानिय मेलाको तयारीका लागि टेण्ट गाड्ने , मन्दिरको सरसफाईमा लागेका छन ।
केहो त गढीमाई देवीको जेठी दिदि काँटबासी माई ?