पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्न सकिन्न – मन्त्री रिजाल
बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हवाई इन्धन डिपो सञ्चालनले ठुलो समस्याको हल भएको बताउनु भएको छ । हवाई इन्धन डिपो सञ्चालन गर्न पटक पटकको आग्रह र आफनो प्रयासले यो समस्याको समाधान भएको बताउनु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताउनु भएको छ ।
नेपाल आयल निगम र सिमरा विमानस्थल कार्यालयले सिमरा विमानस्थलमा राखेको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले सो भनाई राख्नु भएको हो । उहाँले उद्योगमन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताए । सरकारले पेट्रोलियम पदार्थको मुल्य सकेसम्म घटाउने प्रयास रहेको र ब्यापारिक र आम उपभोक्ताबिच फरक दर तय गरी आम उपभोक्तालाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन छलफल भई रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जीतपुरसिमरा नगरपालिकाका नगरप्रमसख राजन पौडेलले सिमरा विमानस्थल बिस्तार र निजगढ अन्तराष्ट्रिय विमानस्थल तत्काल शिलन्यास कार्य अघि बढाउन मन्त्री रिजाल समक्ष माग राख्नु भयो ।
नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । हवाईजहाजमा इन्धन भर्ने स्टेशनको शुभारम्भ तथा समुद्घघाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हवाइजहाजलाई इन्धन भर्ने ट्रयाकरको रिबन काटेर तथा भवनको शिलन्यास गरेर गर्नु भएको हो ।
इन्धन डिपो राख्न आयल निगम र सिमरा विमानस्थल कार्यालयबिच कार्तिक १३ मा सम्झौप्ता भएको थियो । काठमाण्डौं अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो दुरीमा रहेको दिवा तथा रात्रिकालीन सुविधा सम्पन्न विमानस्थल भएका कारण हवाई इन्धन डिपो नहुदा समस्या हुदै आएको थियो । अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्नेछन ।
डिपो स्थापना गर्नका लागि नागरिक उड्यन प्राधिकरण सिमराले पाच कठठा जमिन उपलब्ध गराएको छ । आजै मन्त्री रिजालले इन्धन भण्डारण डिपोको आजै शिलन्यास समेत गर्नु भएको छ । डिपो तयार नभएसम्मका लागि नेपाल आयल निगमका दुई ट्याकरले हवाई जहाजमा ईन्धन भर्ने सिमरा विमास्थल कार्यालयका प्रबन्धक सुर्य बहादुर खत्रीले बताउनु भएको छ ।
देशकै पहिलो पुरानो विमानस्थल सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने डिपो नहुदा मौसम र एयर ट्राफिकका कारण काठमाडौंमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुदै आएका थिए ।
आन्तरिक हवाई सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएको थियो ।
हवाईजहाजमा इन्धन भर्ने स्टेशनको शुभारम्भ तथा समुद्घघाटन कार्यक्रम नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानीको अध्यक्षतामा भएको हो । कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवा मूलक भएको बताए ।
कार्यक्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुर,आयल निगमका नायब कार्यकारी निर्देशक इएन्जिनियर बिरेन्द्र गोईत, जितपुरसिमराका नगरप्रमुख राजन पौडेल लगायतले बिमानस्थलका बारेमा मन्तब्य ब्यप्त गर्नु भएको थियो ।
कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बुद्ध एयर, यती एयरलाइन्स, जिल्ला स्थित स्थानीय तथा सरकारी अधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । तराई सञ्चार राष्ट्रिय दैनिकबाट