कटवासीमाई पञ्चबर्षिय मेला भब्य सभ्य लाग्ने – नगरप्रमुख उपेन्द्र यादव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 603 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

श्रीकान्त गुप्ता
बारा । गढीमाई मन्दिरको जेठी दिदिको नामबाट परिचित कटवासीमाईको पञ्चबर्षिय मेला मुल समिति कार्यालयको उद्घघाटन एक समारोहबिच नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ ।

महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख यादबले मेलालाई भब्य सभ्य बनाउन सबैको सहयोग आवश्यक भएको बताउनु भएको छ ।

मेलालाई भब्य सभ्य बनाउन सोमबार बिहान आठ बजे गाउँबासी नगरबासी जिल्लाबासी, प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी उपरीक्षक सरकारी कार्यालय तथा निजि कार्यालयका प्रमुखसंग अन्तरक्रिया गरेर कटवासीमाई पुजा एवम मेलालाई भब्य सभ्य बनाउन लागि परेको बताउनु भएको छ ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ भएको बताउदै कटवासीमाईको पूजा एवम मेलामा पन्द्र लाख भन्दा बढी भक्तजन आउने बताउनु भएको छ ।

कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ–आफ्नो ठाउँ बाट भक्तजनलाई संरक्षण गरिदिनको लागि नगरप्रमुखले आग्रह गर्नु भएको छ । कटवासीमाई मेला सम्पन्न भएपछि कटवासीमाई मंन्दिरको भब्य निर्माण गर्ने र यस क्षेत्रमा पनि विश्व प्रसिद्ध गढीमाई जस्तै पर्यटन र भक्तजन भित्राउने नगरप्रमुख यादवले प्रतिबद्धता गर्नु भएको छ ।

कटबासीमाई पाँच बर्षिय मेला समितिमा बस्ने पदाधिकारीहरुलाई इमनदारी पूर्वक काम गर्नको लागि प्रतिबद्धता गर्न लगाउनु भएको थियो । जति प्रचार प्रसार भयो भने यस क्षेत्रको अधिक बिकास हुने गरेको उनले बतानु भएको छ ।

बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहेको छ । रांगा ,बोका , कुखुरा ,सुगर ,परेवा , दिने गर्छन तर बोकालाई उल्टाएर बली दिने चलन रहेको महागढीमाई नगरपालिका वडा नं ७ का अध्यक्ष एवम कटवासीमाई मेला मुलसमिती अध्यक्ष शिवबेन्द्र प्रताप सिंहले बताउनु भएको छ ।

मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमको झुलुवा , खेल तमासा , लगाएत आउने गर्छन मेला मंसिर २७ गते देखि ५ गते सम्म लाग्ने गर्छ । मंसिर २७ गते कलश यात्रा र बली पुष ३ गते हुने मुलसमितीको अध्यक्ष प्रताप सिंहले जानकारी गराउनु भएको छ । तराई सञ्चार राष्ट्रिय दैनिकबाट

शेयर
प्रतिक्रिया
Skip to content