सेरामिक ईण्डष्ट्रिज प्रालीमा आगलागि करोडौको क्षति

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 139 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपोभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा ८ स्थित नेपाल सेरामिक ईण्डष्ट्रिज प्रालीमा आइतबार आगलागी भएको छ । उद्योग भित्र जेसिभीले काम गर्ने क्रममा बिजुलीको लाइनमा छोएर विद्युत लाइन सर्ट हुँदा आगलागी भएको छ ।

आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको छ । आगलागी दिउँसो करिब ३ बजेतिर सुरु भएर साँझ ५ बजे पछि मात्रै नियन्त्रणमा आएको थियो ।

घटनामा उद्योगभित्र रहेका कच्चा पदार्थ, टायल प्याकिङ मेसिन, कटिङ मेसिन, कार्टुन जलेर नष्ट भएको कम्पनीका प्लान्ट इन्चार्ज बद्री कँडेलले जनाएका छन । ‘आगलागीका कारण धेरै क्षति भएको छ तर कति मूल्य बराबरको क्षति भयो भनेर अहिले नै भन्ने अवस्था छैन’ प्लान्ट इन्चार्ज कँडेलले बताए ।

आगो जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, वीरगन्जस्थित नेपाल प्रहरीको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । दमकलसंगै आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र उद्योगका मजदुर खटिएका थिए ।

आगलागीको घटना लगत्तै जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नगरप्रमुख राजन पौडेल सहितको टोली उद्योगको स्थलगत अनुगमनमा पुगेको थियो । टायल्स उत्पादनमा नेपोभिट टायल्स कम्पनी जीतपुर सिमरा उपमहानगरमै ठुलो मानिन्छ । यो उद्योग भित्र करिब ३ सय मजदुर कार्यरत छन ।

उद्योगले ५० प्रतिशत सामान भारतबाट आयात हुन्छ भने ५० प्रतिशत नेपालकै कच्चा पदार्थ माटोबाट उत्पादन गर्ने उद्योगले जनाएको छ । तराई सञ्चार राष्ट्रिय दैनिकबाट

शेयर
प्रतिक्रिया
Skip to content