२० औ स्वयसेविका दिवश बारामा पनि मनाईयो  

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 509 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

कलैया, निजगढ र कोल्हविमा स्वयसेविका सम्मानित

बारा । कलैया उपमहानगरपालिकाले नगर भित्रका २७ जना स्वयमसेविकालाई उत्कृष्टको पदवीबाट सम्मान गरिएको छ ।
समाजमा उत्कृष्ट रुपमा काम गरेको भन्दै उनीहरुलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख  साहले २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा दोसल्ला ओढाई सम्मान–पत्र सहित सम्मान गरेका थिए ।
२० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर कलैया उपमहानगरपालिका द्वारा ’स्वास्थ्य क्षेत्रमा दिगो विकाश महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका सांथ उपमहानगरको २७ वटै वडामा कार्यरत स्वास्थ्य स्वयम सेविका मध्ये बाट उत्कृष्ट स्वयमसेविका हरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले कलैया उपमहानगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनको खाचो रहेको बताउदै नागरिकको स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रदान गर्नमा कुन्जुस्याई नगर्न सबै स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए ।
राज्यले धेरै प्रकारका औषधी निशुल्क रुपमा प्रदान गर्ने गरेको हुदा सो औषधीहरु सेवाग्राहीहरुलाई प्रदान गर्नमा कमीकमजोरी नगर्न सुझाव समेत दिएका थिए ।
सो अवसरमा उप सचिव तथा कलैया उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत  प्रहलाद वर्णवाल, स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल,  स्वास्थ्कर्मी मनोज यादव, युएसआईडीका तेजनारायण साह तथा आसमान नेपालका डा.बिरेन्द्र सिह लगायत सहभागी रहेको थियो ।

यसैगरी निजगढ संवाददाताका अनुसार स्वास्थ्य क्षेत्रको दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाको सम्युक्त प्रयास भन्ने मुल नाराकासाथ बाराको निजगढ नगरपालिकामा पनि स्वमसेविका दिबश विविध कार्यक्रम गरी मनाईएको छ ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २० औ महिला सामुदायिक स्वास्थ्य स्वयसेविका दिवश शहिदचौकबाट नगरपालिकासम्म जुलुश प्रदर्शन गर्दै नगरपालिकामा गएर अन्र्तकृया र स्वयसेविकाहरुको  क्षमता अभिबृदीका लागि प्रश्नोत्तर कार्यक्रम गरी मनाईएको हो ।
स्वास्थ्य शाखा प्रमुख रमेश लामाको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख सोममाया थिङले स्वयमसेविकाहरुको क्षमता अभिबृदीका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला स्वयमसेविका दिबश बिशेष दिन भएको र स्वयमसेविकाको भुमिका समाजमा अहिलेपनि महत्वपुर्ण रहेको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखाका सह सम्योजक मणिश्वर घिमिरे, क्षयरोग अधिकृत श्रृजना तिवारी, सि.अ.न.मी रामप्यारी तिमल्सिना लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रमिला सुवेदी, कुनु कुमारी दर्लामी, शिकिल गुरो, सरिता कुमारी , शुशिला माया पाख्रिन , लक्ष्मी लामीछाने, टिकादेवी चौधरी, जानुका देवी शिवाकोटी , छन्द कुमारी तिमल्सिना गरी ९ जना स्वयसेविकाहरुलाई प्रशसांपत्र सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरु, महिला स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी हाम्रा कोल्हवी संवाददाताका अनुसार

बाराको कोल्हविमा २०औं महिला स्वम सेविका दिवस सप्पन्न भएको छ ।  कोल्हबी नगर कार्यपालिका स्वास्थ शाखा कोल्हबिको आयोजनामा  दिव सम्पन्न  भएको हो ।  कोल्हबी नगरपालिका भरिका ६७ जना महिला स्वयंसेविकाहरु नारा सहितको प्ले कार्ड लिएर कोल्हबी बजार परिक्रमा गरी कोल्हबी नगरपालिकाको सभा हलमा जम्मा भइ सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा कोल्हबी नगरपालिकाकि उपमेयर लक्ष्मी कुमारी चौधरीले महिला स्वयंसेविकाहरुलाइ सारी दिएर सम्मान गर्नु भएको हो । सो कार्यक्रममा कोल्हबी नगरपालिकाका स्वास्थ शाखा प्रमुख मनोज चौधरी , सहायक प्रमुख बिश्वनाथ चौधरी , रेनु चौधरी र प्रत्येक  आधारभूत स्वास्थ केन्द्रका प्रमुखहरुको  उपस्थिति रहेको थियो । तराई सञ्चार राष्ट्रिय दैनिकबाट

शेयर
प्रतिक्रिया
Skip to content