जेष्ठ राजनितिज्ञ सभाका सदस्य एवम स्वतन्त्र सेनानी अनुप सहनीको मृत्युले पार्टी स्तब्ध र दुःखित–सभापति देउवा

तराइ संचार
तराइ संचार 1.8k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली काग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले बारा सिम्रौनगढ ८ निवासी नेपाली काग्रेस जेष्ठ राजनितिज्ञ सभाका सदस्य एवम स्वतन्त्र सेनानी अनुप सहनीको मृत्युले पार्टी स्तब्ध र दुःखित बनाएको बताउनु भएको छ । सभापति देउवाले आज एक बिज्ञप्ती निकाल्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा पुराएको योगदान पार्टीमा सधै स्मरणीय रहने बताईएको छ । उहाँको निधनले अग्रज व्यक्तित्व र कुशल संगठनकर्ता गुमाएको भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ती प्रदान होस भन्दै सभापति शेरबहादुर देउवाद्धारा जारी शोक विज्ञप्तीमा जनाईएको छ ।

देशमा तानाशाही राणा शासनको अन्त्य गर्न अग्रणी भुमिका खेलेका जीउँदो सहिद, स्वतंत्रता सेनानी सहनीको १०३ बर्षको उमेरमा शुक्रबार ४ः ३० बजे निधन भएको हो । झरोखर काण्डका नाईके नेपाली कांग्रेसका नेता स्वतंत्रता सेनानी सहनीको आज १०ः३० बजे दाहँ सस्कार सम्पन्न भएको छ । बसबरिया नजिक अडुवा खोलामा सम्पन्न दाहासस्कार कार्यक्रममा नेपाली काग्रेसका १ क्षेत्रका क्षेत्रिय सभापति एवम सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादबले पार्टीको झण्डा ओडाई सम्मान ब्यप्त गरेका थिए । दाहासस्कारमा पार्टीका कोषध्यक्ष चन्द्रशेखर यादब , स्वतन्त्र सेनानी संघ बाराका अध्यक्ष किसोर नेपाल, निजगढ नगरपालिकाका नगर सभापति महेशी कुंवर लगायत नेपाली काग्रेसका नेता कार्यकर्ता पुगेका छन् ।

२००७ सालमा राणशासनका बिरुद्ध आन्दोलनमा होमिएका सहनी झरोखर पोखरीमा डुबेर सेनाबाट बाँचेका थिए । उनीसगै अन्य आन्दोलनकारी सबैको रितु मर्देन क्याप्टेन सेनाले हत्या गरेको थियो । २००६ सालदेखि निरन्तर नेपाली काग्रेसमा क्रियाशिल सहनीको पत्नी सुनरी देवी समेत आन्दोलनमा सहभागी भएकी स्वतन्त्र सेनानी भई मृत्यु भई सकेको छ ।

देश र पार्टीमा निष्टावान कार्यकर्ता रहेका सहनीको निधनले मर्माहत बनाएर नेपाली कांग्रेसको संगठनमा ठुलो क्षति पुगेको नेपाली काग्रेसका नेता केन्द्रीय सदस्य एवम पुर्व मन्त्री फरमुला मंसुरले बताउनु भएको छ । उहाँको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्द्छु केन्द्रिय सदस्य मन्सुरले सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका स्वतन्त्रता सेनानीरलडाकु एवं जिउँदा शहीद आदरणीय सहनीले देहत्याग गर्नुभएको दुस्खद खबरले मर्माहत एवं स्तब्ध भएको नेपाली काग्रेसका पुर्व सभासद एववम पुर्व सचेतक शोभाकर पराजुलीले उहाँप्रति भावपूर्ण श्रद्दान्जली व्यप्त गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै सामाजिक सञ्जालमा जनाएका छन ।
त्यसैगरी नेपाली काग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले शोक विज्ञप्ती जारी गर्दै दुःख व्यप्त गरी समबेदना प्रकट गरेका छन । पार्टीका सचिब मनोज भट्टले समेत दुःख व्यप्त गरी समबेदना प्रकट गरेका छन ।
प्रजातन्त्र सेनानी संघ बाराका संरक्षक , जिउँदो सहिद , प्रजातन्त्र सेनानी हाम्रा अभिभावक सताब्दी पुरूष आदरणीय अनुप सहनी मलाहले २०७७ साल मंसिर ४ गते शरीर छोडनु भएको दुखःद खबरले गहिरो पिडा भएको छ । दिबङ्गत आत्माको चिर शान्तिको कामना सहित आफन्त जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि ईश्वरसंग प्राथना गर्दछु र वहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भन्दै प्रजातन्त्र सेनानी संघ बाराका अध्यक्ष किशोर नेपालले समेत विज्ञप्ती जारी गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content