बारा । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नेता भनेको सर्कसको जोकर भएको बताउनु भएको छ । नेताहरुलाई कर्मचारीतन्त्रले सहयोग नगरेको बताउदै नगरप्रमुख सिहले सबै दोष नेताहरुले लिनु पर्ने तर नेताहरुले भनेको कर्मचारीले नगर्नेले सकारात्मक परिणाम दिन नसक्ने बताउनु भएको छ । शिक्षकहरुमा उच्च शिक्षा भएपनि कमजोरी पनि त्यतिकै रहेकोले नहटेको बताउनु भयो । शिक्षकहरुप्रति हेर्ने दृष्टीकोण राम्रो बनाउन शिक्षकहरु राम्रो बन्नु पर्ने बताउनु भएको छ ।
बाराको सिमरामा सम्पन्न मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धि संघ प्रदेश, स्थानीय तह र सरोकारवालाबिच बृहत शिक्षा सम्मेलन यस्तो बताईएको हो ।
कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका १३२ स्थानीय तह र कर्णालीका २७ गरी १५९ स्थानीय तह साक्षर घोषण हुन बाकी रहेको बताईएको थियो ।
प्रधानाध्यापकहरुले नाबालक विद्यार्थीको नाममा आएको खाजाको रकम कागजमा मिलाएर खाने गरेका छन ।
सामुदायिक केन्द्र कमिशनको रकम लिन गठन भएको जस्तो
उहाँले सामुदायिक केन्द्र कमिशनको रकम लिन गठन भएको जस्तो भएको नगरप्रमुख सिहले बताउनु भयो । सामुदायिक विद्यालयमा प्रधानाध्यापकहरुले नाबालक विद्यार्थीको नाममा आएको खाजाको रकम कागजमा मिलाएर खाने गरेको उहाँले आरोप लगाएका छन् ।
बाराको सिमरास्थित ईच्छा होटलमा आयोजित कार्यक्रममा बारा, पर्साका पालिका प्रमुख, उपप्रमुख, शिक्षा समन्वय एकाइ प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु उपस्थित रहेको थियो । कार्यक्रममा महानगर प्रमुख सिंहले प्रधानाध्यापकहरुले उपस्थिति अधिक देखाएर विद्यार्थीको खाजा रकममा अनियमितता गर्ने गरेको आरोप लगाए ।
‘हेडमास्टर साबले के कति गरेका छन् भन्ने यो १८ महिनामा मैले धेरै जानेको छु, त्यो बिचरा नावालकहरुले खाने खाजामा उपस्थिति संख्या हुन्छ ५० जना, लेखाउने बेलामा शतप्रतिशत विद्यार्थी उपस्थित छन् भनेर खाजाको रकम बुझिन्छ,’ प्रमुख सिंहले भने, ‘मह काढ्नेले हात चाट्छ तर मौरीको घार नै मास्ने काम नगर्नुस् ।’ नगरप्रमुख सिहले बताए ।
प्रधानाध्यापकहरु पढाउने काम छोडेर पूर्वाधार निर्माणमा व्यस्त
उनले संघीय सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सिधै विद्यालयको खातामा रकम पठाउँदा प्रधानाध्यापकहरु पढाउने काम छोडेर पूर्वाधार निर्माणमा व्यस्त भएको गुनासोसमेत गरे ।
पछिल्लो समय शिक्षक सरुवाको विषयलाई लिएर पालिका प्रमुख र जिल्ला शिक्षा समन्वय एकाइबिच विवाद देखिएको छ । महानगर प्रमुख सिंहले पनि शिक्षा समन्वय एकाइले आफ्नो पार्टीको शिक्षक भएकै आधारमा महानगरलाई जानकारी नै नदिई आफूखुसी शिक्षक सरुवा गर्ने गरेको आरोप लगाए ।
‘पार्टीको मास्टर भयो भन्दैमा मैले केही गर्छु भनेर पहिले नै अर्को गाउँपालिकामा पठाइदिने, समन्वय प्रमुखलाई कसले दियो यस्तो अधिकार दियो , सिंहले मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवप्रति लक्षित गर्दै भने, ‘नगरप्रमुख सिहले कर्मचारी प्रशासनले पनि मजाक उडाउने काम गरेको छ ।
खुल्ला दिशामुक्त भनेर घोषणा गरेपनि नहटेजस्तो शिक्षामा हतार गरेर कुनै घोषणा हुदैन ।
मधेसमा कोही कर्मचारी आउन मान्दैनन् भन्नु गलत प्रचारमात्रै भएको उनको भनाइ छ । ‘पर्सा जिल्लाको सीडीओ, एसपी बन्नुप¥यो, वीरगन्ज भन्सार कार्यालय प्रमुख तथा कर्मचारीमा आउनुप¥यो भने सबैभन्दा पहिला हानथाप गरेर माथि रकम बुझाएर आइन्छ, अनि नेताले यो काम गर्नुप¥यो भन्यो भने यो मिल्दैन भनेर भाग्ने, यो कुरासँग म विमति राख्दछु,’ उनले भने, ‘कर्मचारी नहुँदा महानगरका महाशाखाहरु छैठौँ तहबाट चलाउनु परेको उनले बताए ।’ शिक्षा मन्त्रालयले बनाएको तथाङक गलत रहेको बताउनु भयो । खुल्ला दिशामुक्त भनेर घोषणा गरेपनि नहटेजस्तो शिक्षामा हतार गरेर कुनै घोषणा नगरिने बताउनु भयो । वीरगन्ज महानगरले शिक्षामा राम्रो कामको सुरुवात गरेकोले एक वर्षभित्र रिजल्ट आउने उनको दाबी छ ।
असार २० गते स्थानीय तहहरुमा बजेट पठाएर २५ गतेसम्म काम गर भन्दा अधिकांश बजेट फ्रिज हुने समस्या
प्रदेश सरकारले असार २० गते स्थानीय तहहरुमा बजेट पठाएर २५ गतेसम्म काम गर भन्दा अधिकांश बजेट फ्रिज हुने समस्या भएको सिंहको भनाइ छ ।
मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरको आयोजनामा आयोजित कार्यक्रममा मधेस प्रदेशका शिक्षा सचिव लक्ष्मीप्रसाद भट्टराई र मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा निर्देशक नीलकण्ठ ढकालले समग्र मधेस प्रदेशको शैक्षिक अवस्था र साक्षरता घोषणाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मधेश प्रदेशको शैक्षिक अवस्था बारे बृहत शिक्षा सम्मेलन बारामा सम्पन्न