मधेश प्रदेशको शैक्षिक अवस्था बारे बृहत शिक्षा सम्मेलन बारामा सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 604 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

साक्षरता घोषणामा मधेश कर्णाली भन्दा पछाडि, बारामा १५ तह अझै बाँकी

बारा । २०६५ सालबाट साक्षरता अभियान शुरु भएको १५ बर्ष भएपनि मधेशमा कर्णाली भन्दा साक्षरता घोषणमा पछि परेको छ ।

बाराको सिमरामा सम्पन्न मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धि संघ प्रदेश, स्थानीय तह र सरोकारवालाबिच बृहत शिक्षा सम्मेलन यस्तो बताईएको हो ।

कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका १३२ स्थानीय तह र कर्णालीका २७ गरी १५९ स्थानीय तह साक्षर घोषण हुन बाकी रहेको बताईएको थियो ।

बाराको १६ स्थानीय तह मध्ये बारागढीले साक्षरता पालिका घोषणा गरेपनि बाकी १५ स्थानीय तहले अझै घोषणा गर्न बाँकी छ । १५–६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको जनाईएको छ । आगामी २ वर्ष भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य पटक पटक राखेपनि हुन नसकेको बताईएको छ । साक्षरताका १२ वटा सूचकहरुको आधारमा साक्षरताका कार्यक्रमहरु सञ्चालन भएको बताईएको छ /

कार्यक्रममा सम्पूर्ण नागरिकले आधारभूत शिक्षा अनिवार्य रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने प्रयोजनका लागि २०८५ साल बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति राज्यको कुनै पनि सेवा सुविधा तथा अवसर प्राप्त गर्न योग्य मानिने छैन भनी ब्यवस्था गरेकाले सो अघिनै साक्षरता घोषणा भईसक्नु पर्ने प्रशिक्षकहरुले बताएका थिए ।

शिक्षा तथा सस्कृति मन्त्रालय मधेश प्रदेशको आयोजनामा सम्पन्न सम्मेलनमा बारा र पर्साका स्थानीय तहका प्रमुख उपप्रमुख, स्थानीय पालिकाको शिक्षा शाखा प्रमुख, शिक्षक प्रधानाध्यापकहरुले आगामी २०८५ बैशाखसम्म साक्षार जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत गरेका छन ।

सम्मेलनमा पालिकाका शिक्षा प्रमुखहरुले विद्यार्थिको अनुपातमा शिक्षक दरबन्दी नभएको , पालिकाको अस्वस्थ्य राजनितिले शिक्षा क्षेत्रमा काम गर्न नसकेका कारण धेरै कार्यक्रम घोषणामै सिमित बनेको बताउनु भएको थियो ।

बारा र पर्साका नगरप्रमुख उपप्रमुखहरु उपस्थिति रहेको सम्मेलनमा कर्मचारीहरुले सहयोग नगरेको, कर्मचारी नभएको , शिक्षकहरुको सरुवामा राजनैतिक हस्तक्षेप भएको, असार अन्तिममा बजेट पठाउने गरेका कारण काम गर्न नसकेर बजेट फ्रिज हुने गरेको बताएका थिए ।

सम्मेलनमा समस्याको समधानमा शिक्षा विद बिद्यानन्द कोईराला, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्र प्रसाद अधिकारी, बिरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिह लगायतले सम्बोधन गर्नु भएको थियो ।

मधेश प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री महेश प्रसाद यादबले मधेशलाई साक्षर प्रदेश बनाउन सबैको सहयोग आवश्यक भएको बताउनु भयो । तीनै तहले जनतालाई सुसुचित बनाउन आवश्यक भएको बताउदै संघियताको मुलमर्म अनुसार काम गर्नु पर्ने मन्त्री यादबले बताउनु भएको थियो । तराई सञ्चार राष्ट्रिय दैनिकबाट

शेयर
प्रतिक्रिया
Skip to content