सिमरा । कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले कोल्हवीमा १० कक्षासम्म निशुल्क पठनपाठनको ब्यबस्था गरेको बताउनु भएको छ ।
बाराको सिमरामा सम्पन्न मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धि संघ प्रदेश, स्थानीय तह र सरोकारवालाबिच बृहत शिक्षा सम्मेलन यस्तो बताईएको हो ।
कार्यक्रममा नगरप्रमुख चौधरीले ३ करोड बढी रकम आन्तरिक आम्दानीको नगरको रकम शिक्षामा खर्च गरेको बताउनु भयो । उहाले संघ र प्रदेशले खाली दरबन्दी पदपुर्ति गर्ने हो भने हाम्रो तलबमा खर्च भएको ६० करोड बढी रकम शिक्षाको अन्यत्र खर्च गर्न सजिलो हुने बताउनु भएको छ ।
कलेजमा पढ्ने ९५ प्रतिशत बिद्यार्थिलाई ५० प्रतिशत उपलब्ध गराउदै आएको समेत बताउनु भएको छ । पालिकालाई साक्षर घोषणा गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । शिक्षालाई २२५ बिद्यालय बाहिर रहेका बिद्यार्थिहरु मध्ये १३३ जनालाई बिद्यालय भर्ना गराएको र बाँकी रहेकाहरु बिवाह गरी अन्यत्र गएको बताउनु भयो ।
नगरप्रमुख चौधरीले नगरमा हाकिम कर्मचारी सरुवाले काम प्रभावित भएकोले कर्मचारी पदपुर्ति गर्न संघ सरकारलाई आग्रह समेत गर्नुभयो ।
सम्पूर्ण नागरिकले आधारभूत शिक्षा अनिवार्य रुपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने प्रयोजनका लागि २०८५ साल बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति राज्यको कुनै पनि सेवा सुविधा तथा अवसर प्राप्त गर्न योग्य मानिने छैन भनी ब्यवस्था गरेकाले सो अघिनै साक्षरता घोषणा भईसक्नु पर्ने कार्यक्रममा बताईएको थियो ।
नेताहरु भनेको सर्कसको जोकर भएका छन– नगर प्रमुख राजेशमान सिंह
मधेश प्रदेशको शैक्षिक अवस्था बारे बृहत शिक्षा सम्मेलन बारामा सम्पन्न