बारागढी गाउँपलिकामा मन्त्रालय जस्तै नमुनाको भवन बन्यो, अपाङ्गमैत्री नभएको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 499 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । भवनमा सबै सुविधा भएपनि अपाङ्गमैत्री विभिन्न कारणले बन्न नसकेकोले कमजोरी भएको ईन्जिनियर जिेतेन्द्र प्रसाद यादबले बताउदै काम सम्पन्न भई नसकेका कारण कसरी सुधार गर्न सकिन्छ गर्ने प्रयास गर्ने बताउनु भएको छ । लोकतान्त्रिक संघिय गणतन्त्र आएको अनुभुति दिने गरी बाराको बारागढीमा मन्त्रालयशैलीमा सुबिधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको छ ।  स्थानीय स्तरमा जनप्रतिनिधि आएपछि बारामा पालिकाको सुबिधा सम्पन्न भवन पहिलो र नमुनाकोे रहेको सहभागीहरुले बताउनु भएको छ ।

संघ सरकार, स्थानिय सरकारको गरी ५ करोड ११ लाख ८३ हजार ५ सय ३८ रुपैया ९७ पैसाको लागतमा दिवा, महाबिर, भुपेन्द्र जेपीले निर्माण गरेको प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार केसरीले जानकारी दिएका थिए ।

प्रशासनिक भवनमा पालिकाको साढे चार विगाहा जग्गा रहेकोमा साढे २ बिगाहा क्षेत्रफलमा भवन निर्माण भएको हो । भवनमा कुल ३२ रुम रहेको छ । भुई तल्लामा १२ रुम, पहिलो तलामा १२ र दोश्रो तलामा ९ रुम रहेको छ । एक मिटिङ हल, एक ठुलो सभाहल, क्यान्टिन, गार्ड रुम पार्किङका साथै महिला पुरुष दुवैका लागि पर्याप्त शौचालय समेत रहेको छ ।

भिडियो लिङ्कमा हेर्नुहोस भवन, उद्धघाटन कार्यक्रम, गित संगित

शेयर
प्रतिक्रिया
Skip to content