संघिय सरकारले नै संघियता कमजोर पार्ने काम गरिरहेको छ ः मुख्य मन्त्री यादव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 992 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

बारा । मधेस प्रदेश सरकारका मुख्य मन्त्री सरोज कुमार यादवले संघिय सरकारले नै संघियता कमजोर पार्ने काम गरिरहेको आरोप लगाएका छन ।

बारागढी गाँउपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्धघाटन गर्दै प्रमुख अतिथी समेत रहेका मुख्य मन्त्री यादवले यस्तो कुरा बताएका हुन ।

नेपालमा संघियता आएको ८ बर्ष बिति सक्दा पनि प्रदेश सरकारको करिब ६ बर्षमा प्रवेश गर्दा पनि प्रदेशको अधिकार संघ सरकारले नै च्यापेर राखेको हुदा कामकाज गर्न निकै अप्ठयारो हुने गरेको मुख्य मन्त्री यादवको दुखेसो रहेको छ ।

प्रशासन र कर्मचारीहरु अहिलेपनि प्रदेश सरकारको मातहतमा नदिई संघ मार्फत नै संचालन गर्ने गरेको हुदा प्रदेशका कामकाजमा समस्या सृजना भई जनताको कामकाज तथा बिकासका प्रभावकारी रुपमा संचालन गर्न नसकेको स्वीकार मुख्य मन्त्री यादवले गरेका छन ।

कर्मचारी समायोजन गर्न प्रधानमन्त्री पुप्पकमल दहाललाई पटक पटाक भन्दा पनि समायोजन नगरेको गुनासा गर्दै मुख्य मन्त्री यादवले संघियताको रक्षा गर्न सबै राजनितिक दलहरुको सहमतिमा सर्वसहमत सदनमा संकल्प प्रस्ताव पारित गरेको जानकारी दिए ।

प्रधानमन्त्री दहालसंग साँसदमा भएको सबै दलका सस्दिय दलका नेताहरुले मंसिर २३ गते बालुवाटारमा निर्णायक बर्ता गर्ने जनाउदै मुख्य मन्त्री यादवले सन्तोष जनक रुपमा प्रधानमन्त्रीको कुरा नआए सिंह दरवारमा नै धर्ना बसी आन्दोलनको घोषना गर्ने चेतावनी समेत दिएका हुन ।

सरकारलाई थप दवाव दिनका लागि प्रदेशका ८ वटा जिल्लाको सदरमुकाम सबै राजनितिक दलहरुको नेताहरुले धर्ना गरि प्रदेश सरकारले माँग गरेका कर्मचारी संमयोजन, प्रहरी ऐनलाई कार्यन्वयन गर्नमा सहयोग गर्न आग्रह समेत गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा सबै प्रदेशहरु मध्ये उत्कृष्ट काम गरेको हुदा स्वास्थ्य क्षेत्रलाई अझै थप प्रभावकारी बनाउनका लागि एक हप्ता भित्रमा नै ४ सय ५० वटा विभिन्न सिटमा स्वास्थ्यकर्मीहरुको आवेदन माँग गर्ने खुल्लासा गर्दै प्रदेशिक अस्पताल कलैयालााई थप गतिशिल बनाउनका लागि राजनितिक दलहरुको सल्लाहमा नै डाक्टरको सरुवा गरि अर्को काम गर्ने डाक्टर चाडै पठाउने जानकारी गराए ।

म्ंसिर २५ गते बाराको सदरमुकाम कलैयामा यतायातको कार्यालयको उदघाटन गरिने बताउदै देशमा नै नमुना सेन्सर सहितको यतायात कार्यालय बनाउने सोच अनुसार प्रदेश सरकार अगाडी बढीरहेको प्रष्ट पारेका थिए । सेन्सरबाट नै लाईसेन्समा पास हुने , कुनै जनशतिmको प्रयोग पनि नहुने त्यसका लागि यतायात मन्त्री र मन्त्रालको सचिवलाई भारतको दिल्लीमा रहेको सेन्सर यतायातको निरिक्षण गर्न पठाएको मुख्य मन्त्री यादवले भने ।

जिल्लामा कवर्ड हल, रंगशाला निर्माण गर्न सोच रहेको बताउदै मुख्य मन्त्री यादवले निकट भविश्यमा नै प्रदेशभरी मै सबै भन्दा ठुलो लागु औषध दुब्र्यसनी सुधार केन्द्र निजगढमा बनाउने निर्णय प्रदेश सरकारले गरिसकेको बताउनुभयो । प्रदेशभरीमा बारा जिल्ला सबै भन्दा बढी दुब्र्यसनीको प्रयोग गर्ने जिल्लाको रुपमा रहेको हुदा कम गर्न उदेश्य सहित निर्माण गर्न सोच अनुसार नै निर्माण गर्ने काम अगाडी बढाइएको उनले बताए ।
बाराको सिम्रौनगढमा भेटनरी, आदर्शकोतवाल गाँउपालिकामा ईन्जिीनियरिङ कलेज निर्माण गर्नका लागि सम्बन्धीत दुई पालिकालाई प्रदेश सरकारबाट चिठी लेखि सकेको बताउदै चाडै नै जग्गा उपलब्ध भएको खण्डमा प्रदेश सरकारबाट निर्माणका प्रक्रिया अगाडी बढाउने भने ।
जिल्लाको बिकासका लागि कुनै कसर बाकी नराख्ने बताउदै कलैया देखि मलाही जोडने सडक खण्डको मर्मतका लागि रु ५० लाख रुपैया छुटयाई सकेको जानकारी दिदै मुख्य मन्त्री यादवले मर्मतका काम चाडै नै शुरु गराउने बताए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै संघिय साँसद अच्युत मैनालीले बिकासको काममा सबै राजनितिक दलहरु मिलेर अगाढी बढन आग्रह गर्नु भएको थियो । सभ्य समज निर्माण गर्दै समाजमा देखिएको यावत बेतिथीलाई चिर्दै जातिय भेदभाव, महिला हिंसा रोक्नुपर्ने धारणा ब्यतm गरेका थिए । संघियता आएपनि प्रदेशको अधिकार नदिनु संघ सरकारको बईमानी भएको बताएका थिए । संघियताले बिकासको यावत सम्भवना बोकेको प्रसंग कोटयाउदै मैनालीले दुधौरा खोलामा पुल निर्माण गरी त्यस क्षेत्रका नागरिकलाई सुविधा दिन मुख्य मन्त्री यादवसंग माँग गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साहले जिल्लाको १६ वटा स्थानिय तहहरुमा बारागढी गाँउपालिकामा निर्माण गरिएको भवन जस्तै बनाउन आग्रह गरेका थिए । उनले कलैया अस्पतालबारे मुख्य मन्त्री यादबलाई ध्यानाकर्षण समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश साँसद त्रिलोकी चौधरी, निवर्तमान साँसद उषादेवी यादव, जसपाका नेता रामकिशोर यादव, दायाशंकर राय, एमाले नेता वृजकिशोर चौधरी काँग्रेस नेता कृपाल चौधरी, जसपाका नेता हरिनारायण साह, लगायतकाले आफनो बिचार ब्यतm गरेका हुन ।

पलिकाका अध्यक्ष अशोक प्रसाद जयसवालको अध्यक्षामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

२०७८ साल जेष्ठ २१ गते ठेक्का भई २०८० साल असार ३१ ग्ते सम्प्पन गर्ने सहमति भएपनि करिब ५ महिना ढिलो गरि निर्माण गरेको हो तिन तल्ले सो भवनमा ३२ वटा कोटा, सभाहल, चमेना गृह, सुरक्षा गार्ड बस्ने कोठा, पार्किङ लगायतको करिब साढे २ बिगहामा सो भवन निर्माण भएको पालिकाकाकी उपाअध्यक्ष लक्ष्मीरायले बताईन । सो अवसरमा भोजपुरी कलाकार सुनिल पंडित र स्थानीय बिद्यालयका बालबालिकाले मनोरंजन गराउदै गीत प्रस्तुत गरेका थिए । तराई सञ्चार दैनिकबाट

बारागढी गाउँपलिकामा मन्त्रालय जस्तै नमुनाको भवन बन्यो, अपाङ्गमैत्री नभएको आरोप

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content