सबै राजनितिक दलहरु मिलेर अगाढी बढनु पर्छ – संघिय साँसद मैनाली

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 204 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बारा क्षेत्र नं.१ का संघिय साँसद एवम नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनालीले बिकासको काममा सबै राजनितिक दलहरु मिलेर अगाढी बढन आग्रह गर्नु भएको छ ।

सभ्य समज निर्माण गर्दै समाजमा देखिएको यावत बेतिथीलाई चिर्दै जातिय भेदभाव, महिला हिंसा रोक्नुपर्ने धारणा ब्यतm गरेका थिए । संघियता आएपनि प्रदेशको अधिकार नदिनु संघ सरकारको बेईमानी भएको बताएका थिए । संघियताले बिकासको यावत सम्भवना बोकेको प्रसंग कोटयाउदै मैनालीले दुधौरा खोलामा पुल निर्माण गरी त्यस क्षेत्रका नागरिकलाई सुविधा दिन मुख्य मन्त्री यादवसंग माँग गरेका थिए । तामागढी सिम्रौनगढ सडकमा बजेट छुटाएको भएपनि मुअब्जा निकासा नगरेको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साहले जिल्लाको १६ वटा स्थानिय तहहरुमा बारागढी गाँउपालिकामा निर्माण गरिएको भवन जस्तै बनाउन आग्रह गरेका थिए । उनले कलैया अस्पतालबारे मुख्य मन्त्री यादबलाई ध्यानाकर्षण समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश साँसद त्रिलोकी चौधरी, निवर्तमान साँसद उषादेवी यादव, जसपाका नेता रामकिशोर यादव, दायाशंकर राय, एमाले नेता वृजकिशोर चौधरी काँग्रेस नेता कृपाल चौधरी, जसपाका नेता हरिनारायण साह, लगायतकाले आफनो बिचार ब्यतm गरेका हुन ।
पलिकाका अध्यक्ष अशोक प्रसाद जयसवालको अध्यक्षामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content