सिमरामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता मंसिर १३ देखि

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा वडा नम्बर २ को गैरी टोलमा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले गैरी टोलको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै १० वटा टिमको सहभागि हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया पाउने जानकारी दिनुभयो ‌। संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो ।

भेट्रान फुटबल प्रतियोगिताले आत्मियता र भाइचाराको भावना जगाउने बताउनु भयो । प्रतियोगिता आर्थिक समितिका संयोजक अमृतलाल श्रेष्ठले सबैलाई समेटेर खेल सञ्चालन गरीने बताउनुभयो । प्रतियोगितामा प्ररत्येक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

शेयर
प्रतिक्रिया
Skip to content