कलैया । हिंसाका जोखिममा रहेका बाराको महागढीमाई नगरपालिका वडा नं.१ र २ का ८ परिवारले आवश्यकतामा आधारित सहयोग स्वरुप खाद्यान्न उपचारमा सहयोग पाएका छन ।
इस्लामिक रिलिफ वल्र्ड वाइडको आर्थिक सहयोग तथा जनजागरण युवा क्लब जेजेवाईसि बाराको आयोजना संचालित समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजनाले सहयोग प्रदान गरेको हो । सहयोग बितरण कार्यक्रममा वडा नं २ का वडाध्यक्ष विश्वनाथ कुश्वाहा, सस्थाका कोषाध्यक्ष सियाराम यादव लगायतको उपस्थिति रहेको थियो ।
एकल महिला, अपाङ्गता गरिवी, विभिन्न कारणले साहारा विहिन बाल विबाह बहु विवाह जस्ता समस्याले हिंसा पिडित वा जोखिममा रहेका पहिचानमा आएका परिवारलाई १५ हजार बरावरको खाद्यान्न र १० हजार बरावरको उपचार सहयोग वितण गरिएको हो । हिंसा पिडित वा जोखिममा रहेका पहिचानमा आधारमा उनीहरुलाई चामल , दाल, चिनी, तेल, मसला, साबुन सरफ खाजाको समान लगायत बितरण गरिएको थियो । कार्यक्रममा हिंसाको जोखिममा रहेकी महागढीमाई एक महिलालाई उपचार सहयोग गरेको छ ।
यस अघिपनि सुवर्णका पाँच र महागढीमाईका दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो ।