नेविसंघ निजगढद्वारा रक्तदान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 500 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढमा आज आईतवार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमको नेपाली काग्रेस निजगढ नगर सभापति नबराज तिमल्सिनाले रक्तदान गरेर उद्धघाटन गर्नु भएको हो । रक्तदान कार्यक्रममा ७ जना महिला सहित ७१ जनाले रक्तदान गरेका छन । ब्लड बैंक बिरगन्जको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रदेश सभासद मिना लामा, पुर्व नगर प्रमुख सुरेश खनाल, काग्रेस नेता शम्भु बुढाथोकी, पुर्व नगरसभापति महेशी कुवर लगायतको सहभागिता रहेको थियो ।


रगतको आयोजना हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेविसंघ निजगढका संयोजक नवराज चौलागाईंले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content