प्रहरी प्रमुखबाट सञ्चारकर्मीहरु उपर दुव्र्यवहार भएको जनाउदै प्रेस युनियन बाराको ध्यानाकर्षण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 611 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । जिल्लामा घटेका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने, सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने गतिविधिप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८० मंसिर २७ गते सिम्रौनगढ घटनामा समाचारको आधिकारिताका लागि जिल्ला प्रहरी कार्यालय, बारा पुगेका सञ्चारकर्मीहरु माथि बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सञ्चारकर्मीहरु उपर दुव्र्यवहार भएको जनाउदै नेपाल प्रेस युनियन, बारा शाखाले भर्सना समेत गरेको छ ।

बाराका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने, सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको विज्ञप्तीमा जनाईएको छ । जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको , पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित भएपनि सुचना प्रदान सही रुपमा नभएको बताईएको छ । पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुँदा त्यसबाट पिडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने देखिन्छ । सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न नेपाल प्रेस युनियन, बारा जोडदार माग गर्दछ ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्धारा जिल्ला प्रहरी कार्यालयमा हिजो प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहितभएको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन समेत गराएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content