सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका(१६ पैनी टोलमा डकाहामा प्रदेश ३(०२(०१४ प ५२५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा केदारनाथ खरेलका २३ वर्षीय छोरा सुदिप खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक माईला रिमाल को सोही अस्पतालमा उपचार भइरहेको छ ।
मृत आत्माको चिरशान्ती र भावपुर्ण श्रद्धाञ्जली तथा शोक सम्तप्त परिवारजन आफन्तहरुमा धैर्य धारण गर्ने क्षमता मिलोश भन्दै वडाअध्यक्ष केदार बजगाईले शोक ब्यप्त समेत गरेका छन् ।
मोटरसाईकल दुर्घटनामा बाराका एकको मृत्यु
प्रतिक्रिया
प्रतिक्रिया