प्रहरीको गोलीबाट सिम्रौनगढमा मृत्यु प्रकरण पुर्व पश्चिम राजमार्ग पाँच घण्टा अबरुद्ध

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 556 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली काँग्रेस क्षेत्र नं १ बाराको आयोजनामा सिम्रौनगढमा प्रहरीबाट मृत्यु भएको बिरोधमा पुर्व पश्चिम राजमार्ग पाँच घण्टा चक्काजाम भएको छ । आज शनिवार दिउसो करिब १ बजेदेखि पाँच बजेसम्म बकैया पुलमा चक्काजाम भएको हो ।

शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी सेवाग्राहीको मृत्यु भएको घटनामा २४ घण्टा बितेपनि माग सम्बोधन नभएपछि राजमार्गमा टायर बालेर चक्काजाम गरेको हो ।

चक्काजाममा आन्दोलनकारीहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजिनामा माग गरेका छन । त्यसैगरी ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख रविशंकर यादवको निलम्बन समेत माग गरेका छन । घटनामा प्रहरी प्रमुख यादवको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको आरोप छ । हाल निज यादवलाई सिम्रौनगढबाट जिल्ला तानिएका छन ।


चक्काजामको सुचना पाएको प्रहरीले निजगढमा बिहान देखि व्यापकमात्रामा शुरक्षाकर्मी परिचालन गरिएको थियो । चक्काजामका कारण पुर्वबाट आउने गाडीहरुलाई रौतहटको चन्द्रपुरमा र पश्चिमबाट आउनेलाई पथलैया तर्फै रोकिएको थियो । अहिले सवारी सञ्चालनमा आएको छ । सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरुले बिगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले १७ महिनादेखिको आफ्नो तलबको माग राख्दै आन्दोलन गर्दै आएका थिए ।


कर्मचारी विवादका कारण १७ महिनादेखि नगर अस्पताल र बिगत दुई महिनादेखि नगरपालिका र विद्यालयको पठनपाठन समेत अबरुद्ध भएको छ ।

आन्दोलनपछि नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति एवम पुर्व नगरप्रमुख बिजयशंकर यादबले मुख्यमन्त्री र नगरप्रमुखको मनपरीले छ महिनादेखि नगर बन्दजस्तै रहेको बताउनु भयो । शान्तिपुर्ण आन्दोलनमा बल प्रयोग गर्न लगाईएको र सेवाग्राहीहरुको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारीलाई माग राखेपनि सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनु भएको छ ।

 

 

शेयर
प्रतिक्रिया
Skip to content