निजगढ । श्री राम जानकी तथा थानेश्वर मन्दिर जिर्ण उद्धार गर्ने उद्धेश्यले आयोजित सात दिने पद्यमपुरान(भुमी खण्ड) ज्ञान महायज्ञ आजबाट बाराको निजगढ–५ मा शुरु भएको छ ।
महायज्ञ शुरु गर्नु अघि आज बिहान कलश यात्रा समेत गरिएको छ । समीको रुख रामजानकी मन्दिरबाट स्कुलचौर पुर्वटोल हुदै सडकटोल भएर पुन मन्दिर आएर कलश यात्रा सम्पन्न भएको हो । प्रमुख बाचक सुदर्शन चालिसे र उपवाचक सुरेश रिसालद्धारा शुरु भएको महायज्ञ २३ पौषसम्म सञ्चालन हुने मुल आयोजक समितिका रामशरण ढुङगानाले बताउनु भएको छ । महायज्ञको उद्धघाटन मधेश प्रदेश सभासद त्रिलोकी चौधरीले गर्नु भएको छ ।