हङकल्पित न्यौपाने
काठमाण्डौ । धापासी जेसिजको कार्यसमिति चयन भएकोे छ । सोमबार आयोजित एक समारोहबीच धापासी जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी प्रवल गौतम १८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
सोमबार धापासीमा सम्पन्न १८ औँ शाखा अधिवेशनबाट गौतमको नेतृत्वमा सात सदस्यीय शाखा कार्यसमिति चयन गरिएको हो । महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकारको चयन हुन बाँकी रहेको अध्यक्ष गौतमले बताए ।
धापासी जेसिजको कार्यकारी उपाध्यक्षमा अर्जुन गिरी र अनुता आचार्य चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा सुहाना अधिकारी, आषिश शर्मा, विपुल घिमिरे र पदम मगर सर्वसम्मत चयन भएका हुन् ।
नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण यही जनवरी २०२४ भित्र गरिने वर्ष २०२३ का अध्यक्ष सुरज अधिकारीले बताए । नवनिर्वाचित वर्ष २०२४ का अध्यक्ष प्रवल गौतम नेपाल क्रिकेट संघ ९क्यान० का राष्ट्रिय क्रिकेट टोलीका पूर्वव्यवस्थापक तथा हाल क्रिकेट अफिसरको रूपमा आबद्ध छन् । उनले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता र लागुऔषध नियन्त्रणमा विशेष जोड दिने बताए ।