गुरुप्रसाद गौतम
सिमरा । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश स्तरिय ट्रमा अस्पताल बाराको पथलैया स्थित तालीम केन्द्रमै संचालन गरिने बताउनु भएको छ । यस अघि प्रदेश सरकारले ट्रमा सेन्टर सदरमुकाम नजिक उत्तरझिैटकैयामा बनाउने भन्ने चर्चा र समचारहरु आएसगै मुख्यमन्त्री राउतले दुबै स्थानको अबलोकन गर्दै पथलैयामा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उत्तरझिैटकैया र पथलैयाको शुक्रबार स्थलगत अबलोकन पछि प्रदेश दुई सरकारको निती तथा कार्यक्रममा बाराको पथलैयामा ट्रमा अस्पताल संचालन गर्ने निर्णय समेत भईसकेकोले यहि मंसिर १५ गते शिल्यान्यास गर्ने गरी काम अघि बढाईने बताउनु भएको हो ।
संघिय सरकारले १५ गते देशैभरका प्रदेश तथा प्रत्येक स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम तय गरेसगै प्रदेश दुई सरकारले बाराको उत्तरझिटकैयामा सरुबा रोग अस्पताल र पथलैयामा ट्रमा अस्पताल संचालन गर्ने निर्णय अनुसार प्रकृया अघि बढाईएको प्रदेश सामाजिक बिकाश मन्त्रालयले जनाएको छ ।
पुर्बाधार निर्माण गर्न पथलैया ट्रमा अस्पतालको लागि प्रदेश सरकारले दुई करोड रकम बिनियोजन गरेको छ ।
रितो संरचना रहेको तालीम केन्द्रको उत्तरतर्फ रहेको भवनमा संचालन गर्न लागिएको पथलैया स्थित स्वास्थ्य तालिम केन्द्रका प्रमुख सरोज चन्द्र न्यौपानेले बताउनु भयो । उहाँले तालिम केन्द्रमा रहेको २ बिगाहा १० कठठा जग्गा मध्ये एक बिगाहा ५ कठठा ट्रमा सेन्टरलाई छुट्टाउने गरी काम अघि बढेको बताउनु भएको छ । प्रदेश स्तरीय ट्रमा अस्पताल संचालन पछि राजमार्गमा हुने ब्यापक दुर्घटनामा घाईतेले समयमै उपचार पाउने र धेरैको ज्यान जोगिने भन्दै अबलोकनमा सम्लग्न सघिय सरकारका प्रतीनिधी स्बास्थ्य तथा जनसंख्या मन्त्रालयमका डाक्टर बिकाश देबकोटा र प्रदेश दुई सामाजिक बिकाश मन्त्रालयका सचिब कृष्ण प्रसाद काप्रीले बताउनु भयो ।
संघिय तथा प्रदेश सांसद जनप्रतीनिधी स्थानीय बासिन्दाहरुको उपस्थितीमा बोल्दै मुख्यमन्त्री राउतले बाराको पथलैया ट्रमा अस्पतालका लागि उपयुक्त स्थान भएकोले संघिय सरकारको समन्वमा नमुना अस्पताल बनाउन बजेट प्रदेश सरकारले बिनियोजित गरिसकेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री राउतले अबलोकन पछि पथलैयामा नमुना प्रदेश स्तरिय ट्रमा अस्पताल मंसिर देखी बन्न सुरु हुने बताए पछि उपस्थित यातायातकर्मी, ट्राफिक प्रहरी, ब्यबसायी तथा स्थानीय बासिन्दा हषर््िात बनेका थिए ।
दुर्घटनाका कारण अकालै ज्यान गुमाउनु पर्ने गरेको यस क्षेत्रमा निर्माण हुने अस्पतालले धेरैको ज्यान बच्न सक्ने अपेक्षा गरिएको छ । मृत्यु मार्गले चिनीने नेपालमै बढि दुर्घटना हुने स्थानले परिचित पुर्ब पश्चिम राजमार्गको अमलेखगंज देखी पथलैया हुदै निजगढ सम्मको २९ किलोमीटर सडकमा दैनीक सबारी दुर्घटना हुने र तत्काल उपचार नपाई घाईतेलाई ३० किलोमिटर बिरगंज तथा हेटौडा लैजादै गर्दा अधिकाशंले बाटोमै ज्यान गुमाउने गरे पछि पथलैया ट्रमा अस्पताल संचालनको लागि प्रदेश सरकारको छनौटमा परेको हो ।
ट्रमा अस्पताल पथलैयामै, शिल्यान्यास मंसिर १५ – मुख्यमन्त्री राउत

प्रतिक्रिया
प्रतिक्रिया