निजगढ । बाराको निजगढ निवासी सञ्चालक अमृत तिमल्सिना र अमृत गौतम दुई युवाले निजगढमा करोडौको लगानीमा तीन बर्ष अघिबाट सञ्चालनमा ल्याएको निजगढ सुपर मार्टले दुई लाख ७८ हजार बराबरको पुरस्कार सामाग्री लक्की ड्र मार्फत ग्राहकहरुलाई बितरण गरेको छ ।
स्थानीय सञ्चारकर्मी, स्थानीय उद्योगी लगायतका ग्राहकहरुका माझ लक्की ड्र खोलिएको हो । लक्की ड्रबाट पहिलो पुरस्कार रामशरण सुबेदीले हात पारेका छन । सुबेदीले बासिङमेसिन प्राप्त गरेकोमा मार्टप्रति आभारी रहेको र आगामी दिनमा समेत नियमित ग्राहक बनेर सामान मार्टमै खरिद गर्ने बताउदै अरुलाई पनि नठगिन मार्ट प्रयोग गर्न अनुरोध गरे ।
सुपरमार्टले दशैतिहार अफर अन्तर्गत सामान खरिद गर्ने ग्राहकहरुलाई वितरण गरेको कुपनको चिठ्ठा सार्वजनिक भएको हो । सो अवसरमा सुपरमार्ट संचालक अमृत गौतम र अमृत तिमल्सिनाले आफूहरुले ग्राहकहरुलाई गुणस्तरीय सामग्री र सेवा प्रदान गर्दै आएको बताउनुभयो । सुबेदी जस्तै २८ जना ग्राहकलाई विभिन्न पुरस्कार बितरण गरेका हुन ।
पुरस्कृतहरुको नामावली सहित