सिआइबीद्धारा तपस्वी राम बहादुर बम्जनलाई सार्वजनिक,  तीन करोड ३० लाख रकम र ४३ समान बरामद 

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 605 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय
बारा । केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले बारा जिल्लाको निजगढ स्थायी घर भएका लिटिल बुद्धका नामले परिचित ‘तपस्वी’ राम बहादुर बम्जनलाई बुधबार ब्यूरोमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

३ करोड ३० लाख बढी नगद सहित ४३ वटा सामान बरामद

पक्राउ परेका  बम्जनको घरबाट प्रहरीले ३ करोड ३० लाख बढी नगद सहित ४३ वटा सामान बरामद गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका अनुसार नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय नगद, ३० लाख ९२ हजार ६ सय १७ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि फेला परेको छ ।
साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचो, ४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेन ड्राइभ, १ वटा भोइस रेकर्डर २ वटा मेमोरी कार्ड प्रहरीले नियन्त्रणमा लिएको छ ।

बम्जनले चढने गाडी साढे ७ करोड मूल्य भन्दा बढीको

बम्जनले चढने गरेको गाडी साढे ७ करोड मूल्य भन्दा बढीको महँगा गाडी भएको जनाईएको छ । काठमाडौंको हात्तिगौंडा आफनै घरबाट पक्राउ परेका बम्जनको थप महँगा गाडी र मोटरलसाइकल चढ्ने गरेको विवरण फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
बुधबार ब्यूरोमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानरीकारी अनुसार बम्जनले साढे २ करोड मूल्य पर्ने टोयाट फर्चुनर, ५ करोड रुपैयाँमा खरिद गरेर ३ करोड रुपैयाँ भुक्तानी भइसकेको टोयटा जेडएक्स गाडी प्रयोग गर्ने गरेको विवरण फेला पारेको छ । यस्तै, क्रस फायर र केटीएम डुक मोटरसाइकल तथा यामाहाको स्कुटर पनि उनले प्रयोग गर्ने गरेको सीआइबीले दाबी गरेको छ ।

पीपलको बोट मुनि तपस्या गरेर बमजनले २०६१ सालदेखि चर्चामा

मध्य तराईको निजगढको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि तपस्या गरेर बमजनले २०६१ सालदेखि एकाएक चर्चा बटुलेका हुन । १६ वर्षको उमेरदेखि बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए ।

बम्जनको आश्रमबाट बाराका एक सहित ४ जना सम्पर्कविहीन बनाएको आरोप

बम्जनको आश्रमबाट आनि सहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गर्दै आएको थियो ।
बमजनले आश्रमबाट अनुयायीहरू बेपत्ता बनाएको आरोप छ । हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबा लगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको भनेर उजुरी छ ।
आश्रममा बस्ने गरेका दुई जना अनुयायी खोजी गरिदिन प्रहरीमा उजुरी परेको छ । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा छन ।
त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराई रहेका आफन्तको खोजी गरिदिन प्रहरी कार्यालयमा उजुरी दिएका छन । केहीबर्ष अघि ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ बर्षिय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन ।

हत्या र बलत्कार समेतको आरोप

तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । ‘लिटल बुद्ध’का नामले चिनिएका उनीमाथि नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्र बाइबाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका थिए ।
२०६९ सालदेखि २०७२ सालको बीचमा चारै जना बेपत्ता भएको बताइएको छ । पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरू सहित प्रहरीमा उजुरीहरू परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content