काठमाडौं । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन खुला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले सुब्बा माग गरेको हो । देशभरका आठ वटा विभिन्न क्षेत्रका लागि यो संख्यामा आवेदन माग भएको सूचनामा उल्लेख छ ।
आयोगका अनुसार काठमाडौँका लागि ८८, जलेश्वरका लागि ३४, पोखराका लागि ३३, बुटवलका लागि ३६, धनकुटाका लागि ५३, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना नायव सुब्बा माग गरिएको छ । आयोगका अनुसार सो पदमा योग्य उम्मेदवारले माघ १६ गतेसम्म आवेदन दिने सकिने छ ।
सो पदको प्रथम पत्रको परीक्षा मिति फागुन २६ गतेलाई तोकिएको छ ।
https://psc.gov.np/assets/uploads/files/Gorkhapatra_2080-9-25_(1).pdf