सिमरा । बाराको सिमरामा रहेको प्याराडाईज होटलमा गए राती प्रहरीले छापामारी गरी १० जनालाई प्रक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ५ लाख ८२ हजार रकम सहित जुवा खेल्ने १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले होटेलको जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैया बरामद गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका सबैलाइ जुवा मुद्दा अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको मिश्रले बताए ।जुवा खेलाई रहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिमराले राती १२ बजे छापामारी गरी सिमराका राजेन्द्र उप्रेती,, सिमराका राजेश गिरी, दिपक भट्टराई, प्रल्हाद दुलाल श्याम सिंह, रोबिन दहाल निजगढका सन्त श्रेष्ठ, सुनिल श्रेष्ठ , अशोक लामा र राज लामा रहेका छन् । जुवामा छापामारी हुदैछ भन्ने सुचना चुहिएपछि केही जुवाडे छापामारी अघिनै भागेका बताईएको छ ।
सिमरा प्याराडाईज होटल जुवा खालमा प्रहरीको छापामारी,५ लाख ८२ हजार सहित १० पक्राउ

प्रतिक्रिया
प्रतिक्रिया