औराहा पशुपालन कृषि सहकारी संस्था लि. को १५ अ‍ौ साधारण सभा सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 395 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा। बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ अ‍ौराहामा रहेको औराहा पशुपालन कृषि सहकारी संस्था लि. को १५ अ‍ौ साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मदन बाहादुर क्षेत्रीको सभाअध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा यस क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरु कोपिला सिम्खडा र पुर्णचन्द्र तिमल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियोे । अध्यक्ष, कोषाध्यक्ष र आन्तरिक लेखासमिति संयोजक द्वारा प्रस्तुत प्रतिवेदनमा रचनात्मक सुझाव सहित संस्थाको आर्थिक बर्ष २०७९/२०८० को आन्तरिक तथा बाह्य लेखाप्रतिवेदन सर्वसहमत रुपमा अनुमोदन गरिएको थियोे । संस्थाको साधारणसभाले आ।ब। २०८०/०८१ को अनुमानित आय ब्याय समेत सुझाव सहित अनुमोदन गरेको थियोे ।

कार्यक्रममा कार्यक्रमकको प्रमुख आतिथी जितपुरसिमरा उपमाहानगरपालिकाका प्रमुख राजन पौडेलले सप्तरंगी मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै किसानको हित र समस्या सामधानका लागि नगरपालिका सधैं सकारात्मक रहेको र दूध तथा दुधजन्य पदार्थको खपत बढाउन आवश्यक उत्पादन गर्ने सहकारी र कृषकहरूसँग सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवदता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उपमेयर भोला अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

संस्थाको १५अ‍ौ साधारण सभाले आ. ब. २०७९/०८० मा सेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सर्वसहमत रुपमा अनुमोदन गरेको थियोे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विनोद सापकोटाले गर्नुभएको थियोे । संस्थाको कार्यसमिति र लेखासमितिमा रिक्त रहेको पदमा कार्यसमितिमा चन्द्रा पौडेल, लिला खड्का पौडेल र उर्मिला भण्डारी लाई उपनिर्वाचन मार्फत निर्वाचित गरेको थियोे भने लेखासमिती सदस्यमा सीता के सीलाई निर्वाचित गरेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content