बारा । भारत सरकारद्वारा नेपाल प्रवेशमा रोक लगाईएको बाराका चार सिमा नाकामा चार चक्के सवारी खुल्ला भएको छ । चार चक्का वाहनलाई अब बारा जिल्लाको सिमावर्ति क्षेत्रमा आवतजावत खुल्ला भएको हो । कोभिड १९ पछि बाराको सिम्रौनगढ, कवही, मटिअर्वा र बसतपुर नाकाबाट चारचक्के सवारी आवतजावत बन्द थियो ।
भारतले समेत सवारी आवागमन बन्द गरेपछि चार बर्षदेखि बाराका छोटी भन्सार बन्द छन । भारतले चार बर्ष पछि बाराका सिमा नाकाहरु खुल्ला गरेकोमा स्थानीय हर्षित भएको सिम्रौनगढका स्थानीय रामेश्वर मेहताले बताउनु भएको छ ।
सन २०१९ कोरोना पछि बाराका चार छोटी भन्सार र सिमा नाकाबाट चारपाङग्रे भारतबाट बारा आउन रक्सौल अथवा गौर पुग्नु पर्ने बाध्यता रहेको थियो । चार बाराकाको सिमावर्ति भारतको घोडासहनको झरोखर, छौडादानोको महुवावा र आदापुरको मटिअर्वा नाकाहरुबाट मात्र यो सुबिधा उपलब्ध गराईएको भारतको सिमा सुरक्षामा तैनाथ एसएस्बीद्धारा जारी सुचनामा जनाईएको छ ।
नाकाहरुमा टासिएको सुचना अनुसार प्रकृया पुगाएर चार चक्का वाहन आउन जान अनुमती दिईएको छ । यो सुबिधा लोकल बजार सम्म मात्र जान अनुमती दिईएको एस.एस.बि.७१ वटालियन कमाण्डर प्रफुल कुमारले जानकारी गराउनु भएको छ ।
बाराका सिमा नाका तत्काल सञ्चालनका लागि भन्दै एक हप्ता अघि अर्थमन्त्री प्रकाशशरण महतलाई ध्यानाकर्षण गराईएको थियो ।
नेपाली काग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादब , काग्रेस बारा क्षेत्र नं. १ का क्षेत्रिय सभापति बिजयशंकर यादब, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब लगायतको टोलीले अर्थमन्त्री प्रकाशशरण महतको कार्यकक्षमा सिमा नाका खोल्न माग गरेका थिए ।
ध्यानाकर्षणमा नेपाल भारत सीमा क्षेत्रमा सरल तरिकाले दुबै देशका नागरिकलाई आवत जावत हुनुपर्ने, बारा जिल्लाका बन्द भन्सार कार्यालय स्तरोन्नती गरी सुचारु गर्नु पर्ने माग गरेका थिए ।