तेक्वान्दो संघ मधेश प्रदेशको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 510 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
निजगढ । मधेश प्रदेशका सभासद मिना लामाले तेक्वान्दो खेलको विकासका लागि  आफनो सहयोग रही रहने  बताउनु भएको छ । उहाँले तेक्वान्दो प्रति अत्यधिक माया रहेको बताउदै अनुशासनमा बस्न सके खेलले अझै बिकास गर्ने बताउनु भएको छ ।
प्रमुख अतिथि लामाले नेपाल तेक्वान्दो संघ मधेश प्रदेशको दोश्रो बार्षिक साधारण सभामा सम्बोधन गर्दै बाराको निजगढमा सो कुरा बताउनु भएको हो ।
संघका अध्यक्ष पेमासिद्धी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक साधारण सभाका बिशिष्ढ अतिथि बरिष्ढ उपाध्यक्ष संघका भानु चन्दले तेक्वान्दो खेल मार्फत आफनो पहिचान बनाउन सकिने बताउनु भयो ।
कार्यक्रमका अर्का बिशिष्ढ अतिथि महासचिब दिपराज गुरुङ्गले तेक्वान्दो संघमाथि आई परेको समस्या राख्दै मिलेर तेक्वान्दोको विकासमा अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले धेरै खेलाडी र पदक लगायत सबैतिर शाखा देखेर तेक्वान्दोमाथि आक्रमण भएको र केहीले संघनै बिघटन गरेर धेरै पदक ल्याउने संघलाई सक्ने प्रयास भएको बताउनु भयो ।
उद्धघाटन कार्यक्रममा संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, जिल्ला अध्यक्ष गणेशमान श्रेष्ठ, प्रदेश सचिब शमशेर थापा लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष कासिम मिया, अन्तराष्ट्रिय रेफ्री कबिराज खड्गी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण भाईकाजी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट पदक ल्याउने खेलाडीहरु महम्मद साहब अख्तर, अफताब आलम, अमित सिंह, पार्वती बस्नेत, विकास तामाङ, विक्रान्त नेगी, मनिषा वार्डवा, पवन कुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ढ डोजाङ्ग प्रिया तेक्वान्दो डोजाङ्ग धनुषा, उत्कृष्ढ जिल्ला पर्सा र बारा , अनुशासित जिल्ला सिराहालाई समेत सम्मान गरिएको महासचिब राजकुमार लामाले बताउनु भएको छ ।  कार्यक्रममा आठै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि , प्रशिक्षक लगायतको उपस्थिती रहेको थियो ।
फोटोहरु
शेयर
प्रतिक्रिया
Skip to content