गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती, सुरक्षा ब्यबस्थामा कडाई 

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 436 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
निजगढ । बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घघाटन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आउने भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ । सभामुख आउने स्थान लगायत सम्बेदनशिल क्षेत्रमा प्रहरी लगायत सुरक्षाकर्मीहरुले निगरानी बढाएको जनाईएको छ । सभामुख घिमिरे आउने मार्गमा अहिले सजाईएको छ भने बिद्यालयमा झकिझकाउ बनाईएको छ ।
सभामुख घिमिरे सिमरा विमानस्थलमा विहान ९ बजे अवतरण गर्ने कार्यतालिका रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्ताैलाले जानकारी दिएका छन । सभामुख घिमिरेको स्वागतमा शहीद चोकदेखि विद्यालयसम्म तीन वटा स्वागतद्धार निर्माण गरिएको छ । स्वर्ण जयन्ती समारोहको सम्पूर्ण तयारी पुरा भएको गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा बाराका क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले सभामुख घिमिरेलाई मंगलबार विद्यालयको तर्फबाट प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको पत्र हस्तान्तरण गरेका थिए ।
वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले स्वर्ण जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको छ । स्वर्ण जयन्तीको अवसरमा बिद्यालयमा अध्ययन गरेर राजनिती, चिकित्सक, कर्मचारी, पत्रकार, शिक्षक लगायत विभिन्न विधामा तीन सय ५० बढी व्यक्तित्वलाई सम्मान गरिने समितिका संयोजक थानेश्वर सापकोटाले जानकारी दिए ।
मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित विद्यालयमा करिब दुई हजार तीन सय विद्यार्थी अध्ययनरत छन ।
शेयर
प्रतिक्रिया
Skip to content