निजगढमा दोश्रो लोसार नकाउट फुटबल प्रतियोगिता माघ १८ गते देखि

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 222 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढमा दोश्रो लोसार नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । निजगढ १० लाल बुद्ध चौक रतनपुरीमा माघ १८ गते देखि हुन लागेको हो ।

प्रथम पुरस्कार एक लाख १० हजार , दोश्रो पुरस्कार ५५ हजार रहेको प्रतियोगिताको कुल लागत १२ लाख ५०० अनुमानित खर्च रहेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । योङ्ग स्टार युनाईटेड क्लको आयोजनामा हुन लागेको हो । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष अशोक लामाको नेतृत्वमा आयोजक समिति गठन समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष लामा , वडा नं. १३ का वडा अध्यक्ष सुर्य घलान, पुर्व क्लबका अध्यक्ष सिद्धार्थ लामा लगायतको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/profile.php?id=61555858109240

शेयर
प्रतिक्रिया
Skip to content