सिमरा अस्थायी कोरोना अस्पतालमा अनियमितता,अख्तियारद्वारा छानविन शुरु

तराइ संचार
तराइ संचार 702 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरास्थित कोरोना अस्थायी अस्पतालमा आर्थिक अनियमितता देखिएको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले अनुसन्धान थालेको छ ।
जितपुर सिमरा उपमहानगरले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय समिती बनाए पनि समितिले निर्णय नगरी मनपरी खर्च गरेकाले आर्थिक अनियमितता भएको आरोप समितिकै पदाधिकारीहरुले गर्दै आएका छन् ।
समितिका संयोजक तथा उपमहानगर प्रमुख कृष्ण पौडेलले समिति बनेपछि एक पटक मात्र बैठक डाकेको र त्यसपछि बैठक नै नबोलाई भुक्तानी गर्न प्रक्रिया थालेपछि समितिका सदस्यहरूले ज्ञापन पत्रसहित भुक्तान रोक्न उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराएका थिए ।
म्हामारीका रुपमा देखिएको कोरोना भाईरस नियन्त्रण गर्न स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा ४ करोड ४५ लाख खर्च अपारदर्शी तारिकाले भएको समितिमा बिभिन्न दलबाट आबद्ध सदस्यहरूले बताएका छन् । उपमहानगरका नगरप्रमुखले सुटुक्क भुक्तानी प्रक्रिया थालेपछि अख्तियार अनुसन्धान आयोगले छानबिन थालेको हो । आयोग हेटौंडाका सूचना अधिकृत रमेश तिम्सिनाले जितपुर सिमरा उपमहानगरले संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा भएको खरिद प्रक्रिया, बिल भर्पाइको अनुसन्धान भइरहेको बताउनु भएको छ ।
मेयर पौडेल र प्रशासकीय अधिकृतले अख्तियारको अनुसन्धान चल्दै गर्दा प्रक्रिया नपुगेकोे भए पनि मौजाद वस्तुको आधारमा बजार मूल्यभन्दा दुई गुना बढी बिलको भुक्तान गर्न थालेपछि अनुसन्धान जटिल बन्ने देखिएको छ ।
उपमहानगरका प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले विधि र प्रक्रिया पुगेकाहरूको कार्यपालिकाको बैठकबाट निर्णय गराई भुक्तान गर्न सकिने बताए । उनले कोरोना अस्पतालको खर्चका बारेमा कार्यपालिका बैठकमा भुक्तान गर्न प्रस्ताव लगे पनि मेयर कृष्ण पौडेल र एकाध सदस्य बाहेक सबैले हाललाई रोक्नुस् भने पछि भुक्तान रोकिएको छ लगतै अख्तियारले छानबिन पनि थालेको बताए ।
अख्तियार स्रोतका अनुसार अधिकांश बिल भपाई किर्ते, बढी रकम, परिणाम धेरै, भत्तामा खाद्यान्नमा अत्याधिक देखिएको जनाउँदै संलग्न र ब्यक्ति उपर पनि अनुसन्धान हुने बताए ।
अस्थायी कोरोना अस्पताल सञ्चालन समितिका सदस्यहरू हरी थपलिया र शिवजीप्रसाद सोनारले भुक्तान रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र यसअघि नै पेस गरेका थिए । थपालियाले एउटै बैठक नराखी आफ्ना मान्छेमार्फत अस्पताल सञ्चालनमा देखिने गरी लाखौं भ्रष्टाचार भएको देखिएको हँुदा आफुहरुले भुक्तानी रोकी सत्यतथ्य छानविन गर्न माग गरेको बताउँदै उहाँले अख्तियारले छानविन शुरु गरेको खबरले सत्य तथ्य पत्तालगाई कारबाही गरिने छ भन्ने आफुलाई लागेको बताउनु भयो ।
थपलियाले अस्पतालका संयोजक मेयर पौडेल र अधिकृत पोखरेलले भुक्तानी गर्न हतारो गर्न थालेको पाएपछि आफूहरुले पहिले अनुसन्धान गरी अनि मात्र भुक्तानी हुनुपर्ने माग रहेको बताउनु भयो । बाराका दर्जन स्थानीय तहले जनप्रतिनिधि र कर्मचारीको संलग्नतामा संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सञ्चालित क्बारेन्टाइन सञ्चालन खर्च सार्वजनिक नगरी धमाधम भुक्तानी गरीसकेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content