बारा । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले देशभरका सामुदायिक बनका उपभोक्ताहरुलाई सामुदायिक वन र वन ऐन पढाउन आवश्यक रहेको बताउनु भएको छ ।
सामुदायिक बनका बारेमा आवश्यक ज्ञान नहुदा राम्रो काम गर्दा गर्दै पनि फस्न सकिने र काम पनि गर्न कठिनाई भईरहेको बताउनु भएको छ ।
बाराको निजगढ–५ स्थित जनजागृती सुन्दर सामुदायिक वन समुहको १३ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि पुरीले सो कुरा बताउनु भएको हो । उहाँले सामुदायिक वनका समस्या समाधान गर्नेगरी वन अधिकृत नियुक्त गर्न लागेको बताउनु भयो ।
समितिका अध्यक्ष जयप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपप्रमुख सोममाया थिङ्गले सामुदायिक वन एउटा पाठशाला भएपनि सामुदायिक वनको ऐन नियम नबुझदा आधा सामुदायिक बन मात्र सक्रृय र बाकी निस्कृय रहेको बताउनु भयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाईले सामुदायिक वनको हक अधिकारका लागि फेरी एक पटक आन्दोलन गर्नु पर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय निजगढका तामागढीका वन अधिकृत सुरेश भगत, निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, जनजागृती सुन्दर सामुदायिक वन समुहका पूर्व अध्यक्ष कृष्ण प्रसाद बन्जरा, पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दंगालले सम्बोधन गर्नु भएको थियो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर सभापति रामहरी खरेल, सार्वजनिक माध्यमिक विद्यालय निजगढ ५ बागदेवका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन जनजागृती सुन्दर सामुदायिक वन समुहका सचिव इश्वरी खड्का र स्वागत उपाध्यक्ष सर्मिला विश्वकर्माले गरेका थिए ।
साधारण सभाले अध्यक्षको प्रतिवेदन अध्यक्ष जयप्रसाद ढुंगाना, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नारायणप्रसाद लामिछाने र लेखाप्रतिवेदन लेखा समिति संयोजक जयराम तिमिल्सनाले प्रस्तुत गरेका थिए । साधारण सभाले प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ५ का वडा सदस्य कुञ्जरमणी सापकोटा, वडा सदस्य आशा चौलागाई, वडा सदस्य सविता दर्जी, वडा सदस्य लिलानाथ गौतम, जनजागृती आधारभूत विद्यालय निजगढ ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौलागाई, सिटी क्लब निजगढ ५ का अध्यक्ष नवराज गौतम, नव जागरण क्लब निजगढ ५ का अध्यक्ष चुडामणी चौलागाई, पत्रकार गुरुप्रसाद गौतम, महेश्वर अधिकारी लगायतको उपस्थिति थियो ।