पुर्व राजा ज्ञानेन्द्र शाहले बोल्नै नहुने कुरा बोलेका छन, राजदरबार हत्याको छानविन हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 511 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो पुर्व राजा ज्ञानेन्द्र शाहले बोल्नै नहुने कुरा बोलेको बताउदै राजदरबार हत्या काण्डको छानविन गर्न सरकार अघि बढेको बताउनु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहास्थित विशेष आर्थिक क्षेत्र (सेज) को निरीक्षणपछि पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुले दरबार हत्या काण्डको भ्रम फैलाएको आरोप बारे सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पूर्व राजा शाहको आरोपलाई गम्भिर रुपमा लिएको भन्दै हत्या काण्ड बारेमा सरकारले छानविन गर्ने प्रतिकृया दिनुभएका छ ।

प्रधानमन्त्री प्रचण्डले सेजमा निर्माण भई सञ्चालनमा आएको पहिलो ग्रेनाइड उद्योगको निरीक्षण गरेका थिए । निरीक्षणपछि आयोजित कार्यक्रममा आयोजना प्रमुख चण्डिका ढकाल ले आयोजनाको प्रगति र समस्याबारेमा ब्रिफिङ्ग गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजना सफल बनाएर ७ वटै प्रदेशमा सन्देश दिने गरि काम गर्न निर्देशन दिए । उनले नीतिगत समस्या, बजारीकरण र जग्गा भाडादर जस्ता विषयमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले उद्योगीहरुलाई नाफा हुने गरि उद्योग स्थापना गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
सिमरा सेज २०७३ सालमा स्थापना भएको हो । कुल ६९ वटा प्लट रहेको सेजमा ९ अर्व ५७ करोड लगानीमा भित्रिने र जसबाट करिब दुई हजार ६ सय बढीले रोजगारी पाउने आयोजनाका प्रमुख ढकालले जानकारी दिनुभयो ।

शेयर
प्रतिक्रिया
Skip to content