कोल्हवीमा ल्याब र २४सै घण्टा स्वास्थ्य सेवाले स्थानीय आकर्षित ल्याब सुबिधाका हिसाबले कोल्हवी मधेश प्रदेशमै दोश्रो हुन सफल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 536 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीमा रौतहट र बाराका धेरै बिरामीहरु उपचार गर्न आउने गरेका छन । २४ सै घण्टा स्वास्थ्य सेवा पाउने र स्तरीय ल्याब सेवाले दुई जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दा आकर्षित भएका हुन ।

शहर उन्मुख पालिकाहरुमा समेत २४ घण्टा स्वास्थ्य सुबिधा नभई रहेको अबस्थामा ग्रामिण क्षेत्रमा २४सै घण्टा ल्याब सहित स्वास्थ्य सुबिधाले स्थानीय खुशी भएका छन ।

बिगतमा २४ सै घण्टा स्वास्थ्य सुबिधा नहुदा बिरगन्ज र अन्य शहर पुग्नुपर्ने वाध्यात्मक अबस्थामा रहेको बताउदै स्थानीय टंक प्रसाद उप्रेती बताउनु हुन्छ । त्यसो त औषधी प्राथमिक स्वास्थ्य केन्द्रमै उपलब्ध हुने गरी औषधी पसल भए अझै राम्रो हुने उनले बताए ।

मधेश प्रदेश सरकारले ल्याब स्थापना सहित कर्मचारी सहयोग भएपछि स्वास्थ्य सेवामा सुधार आएको बताउदै प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीका डाक्टर रामसागर साह डिजिटल प्रविधिको ल्याब सहित एक्सरे सुबिधाले स्वास्थ्य सेवामा ठुलो सहयोग पुगेको बताउनु हुन्छ ।

बारामै ल्याब सुबिधाका हिसाबले पहिलो र मधेश प्रदेशमै दोश्रो हुन सफल मात्र नभई सिमित स्रोत साधनका परिचालन गरी २४ सै घण्टा स्वास्थ्य सुबिधा दिदै आएको कोल्हबी नगरपालिकाका स्वास्थ्य संयोजक मनोज चौधरीको भनाई छ । यस अघि बिरामीहरु बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको चौधरीको भनाई छ ।

स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गर्दै आउनु भएका कोल्हबी नगरपालिकाका नगरप्रमुख राम प्रसाद चौधरीले आफुले निर्वाचनका बेला गरेको बाचा अनुसार एउटा स्वास्थ्य सुधारमा काम अघि बढेको र एक बर्षमै यहाका मानिसहरु उपचार २४सै घण्टा शुरु गर्न सकेपनि अझै धेरै गर्न बाँकी रहेको उहाँले बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content